इटहरीमा जेसीबी नेपालको ग्राहक सम्मान कार्यक्रम सम्पन्न
इटहरी, २२ जेठ २०८३ — MAW अर्थमुभर्स प्रा. लि. अन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा “जेसीबी ग्राहक सम्मान कार्यक्रम” सफलतापूर्वक सम्पन्न गरेको छ ।
कार्यक्रममा कोशी क्षेत्रका विशिष्ट ग्राहक, विभिन्न संघ–संस्थाका प्रतिनिधि, उद्योग क्षेत्रका सरोकारवाला तथा जेसीबी नेपाल टिमका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य जेसीबीप्रति ग्राहकहरूले देखाएको निरन्तर विश्वास, सहयोग र दीर्घकालीन साझेदारीप्रति कृतज्ञता व्यक्त गर्नु रहेको कम्पनीले जनाएको छ । साथै, ग्राहक सम्बन्ध थप सुदृढ बनाउने र सेवा तथा विश्वसनीयताप्रतिको प्रतिबद्धता पुनः पुष्टि गर्ने मञ्चका रूपमा कार्यक्रम सफल भएको बताइएको छ ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा लामो समयदेखि जेसीबी उपकरण, पार्ट्स, सर्भिस तथा वार्षिक मर्मत सम्झौतामा विश्वास गर्दै आएका ग्राहकहरूलाई औपचारिक रूपमा सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो ।
त्यसैगरी, निर्माण तथा भारी उपकरण क्षेत्रसँग सम्बन्धित नेपाल हेभी इक्विपमेन्ट एसोसिएसन, निर्माण संघ, क्रसर संघ, इट्टा उद्योग संघ तथा स्थानीय वाणिज्य संघका प्रतिनिधिहरूलाई पनि मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रमको अर्को प्रमुख क्षण नयाँ जेसीबी मेसिनको चाबी हस्तान्तरण समारोह रहेको थियो, जहाँ नयाँ ग्राहकहरूलाई औपचारिक रूपमा मेसिन हस्तान्तरण गरिएको थियो । यसले जेसीबीको कार्यक्षमता, टिकाउपन र सेवा सञ्जालप्रति ग्राहकहरूको विश्वासलाई झल्काएको कम्पनीको भनाइ छ ।
कार्यक्रममा नेपाल हेभी इक्विपमेन्ट एसोसिएसनका अध्यक्ष उमाकान्त शर्माले जेसीबी थ्रीडीएक्स सुपर ब्याकहो लोडरको सरप्राइज बुकिङ समेत गरेका थिए, जसले उद्योग क्षेत्रको जेसीबीप्रतिको भरोसालाई थप मजबुत बनाएको बताइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जेसीबी नेपालका प्रमुख कार्यकारी अधिकृत तेज प्रसाद सुबेदीले ग्राहकहरूलाई केवल खरिदकर्ता नभई कम्पनीको आधारस्तम्भको रूपमा व्याख्या गर्दै आभार व्यक्त गरे ।
उनले भने, “हाम्रा ग्राहकहरू केवल मेसिन खरिद गर्ने व्यक्ति होइनन्, उहाँहरू हाम्रो सम्पूर्ण यात्राका आधारस्तम्भ हुनुहुन्छ । प्रत्येक हस्तान्तरण र सेवाले हाम्रो दीर्घकालीन प्रतिबद्धतालाई प्रतिनिधित्व गर्छ ।”
कार्यक्रम अन्त्यमा अन्तरक्रियात्मक सत्र र सामूहिक भोजसमेत आयोजना गरिएको थियो, जसले ग्राहक, संघ–संस्था प्रतिनिधि र कम्पनीबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको थियो ।
MAW अर्थमुभर्स प्रा. लि. ले जेसीबी ब्रान्डका निर्माण तथा भारी उपकरणमार्फत नेपालको पूर्वाधार विकासमा निरन्तर योगदान दिँदै आएको र आगामी दिनमा पनि ग्राहक केन्द्रित सेवा र विश्वस्तरीय समाधानमा प्रतिबद्ध रहने जनाएको छ ।