भीजी इम्पेक्सद्वारा जीडब्लूएमको अत्याधुनिक ईभी एसयूभी नेपाल ल्याउने तयारी

काठमाडौं । नेपाली अटो बजारमा चिनियाँ अटो ब्रान्ड जीडब्लूएम को नयाँ पुस्ताको इलेक्ट्रीक एसयूभी छिट्टै भित्रिने भएको छ ।

नेपालका लागि जीडब्लूएमको आधिकारिक बिक्रेता VG Impex Pvt. Ltd. ले करिब ५२० किलोमिटर फुल चार्ज रेन्ज दिने अत्याधुनिक इलेक्ट्रिक एसयूभी ल्याउने तयारी अघि बढाएको हो ।

कम्पनीले कुन मोडल नेपाल आउने भन्ने औपचारिक रूपमा खुलाएको छैन । तर, जीडब्लूएमको न्यू इनर्जी ब्रान्ड ORA अन्तर्गतको नयाँ एसयूभी हुन सक्ने अनुमान गरिएको छ ।

यो नयाँ ईभीमार्फत जीडब्लूएमले नेपालमा न्यू इनर्जी भेहिकल (NEV) सेग्मेन्टमा अझ मजबुत उपस्थिती जनाउने रणनीति लिएको देखिन्छ । स्मार्ट मोबिलिटी, अत्याधुनिक प्रविधि र प्रिमियम डिजाइनलाई मुख्य आकर्षण बनाइने कम्पनी स्रोतले जनाएको छ ।

प्रमुख फिचरहरू
प्रस्तावित एसयूभीमा अत्याधुनिक स्मार्ट टेक्नोलोजी र सुरक्षा प्रणालीहरू रहनेछन् ।
यसमा समावेश हुने अपेक्षा गरिएका फिचरहरू यस्ता छन्:
• ३६० डिग्री सराउन्ड भ्यू क्यामेरा
• ब्लाइन्ड स्पट मनिटरिङ सिस्टम
• ७ एयरब्याग सुरक्षा प्रणाली
• १८० डिग्री ट्रान्सपरेन्ट च्यासिस भ्यू टेक्नोलोजी
• एडभान्स्ड ड्राइभर असिस्ट फिचर (२० भन्दा बढी सेफ्टी फङ्सन)
• AI आधारित OS 3.0 स्मार्ट इनफोटेनमेन्ट सिस्टम
• ६-वे एडजस्टेबल प्रिमियम भेन्टिलेटेड ड्राइभर सिट

यसमा प्रयोग हुने बहु-तह सुरक्षात्मक कोटिङ प्रविधिले गाडीको बाहिरी सतहलाई स्क्र्याच, घामको प्रभाव र वातावरणीय असरबाट जोगाउने बताइएको छ, जसले लामो समयसम्म यसको प्रिमियम लुक कायम राख्न सहयोग गर्नेछ ।

डिजाइन र अनुभव

आकर्षक एक्सटेरियर डिजाइन, विशिष्ट लाइटिङ सिग्नेचर र आधुनिक इन्टेरियर लेआउटसहित यो एसयूभीले नेपाली बजारमा नयाँ प्रिमियम ईभी अनुभव दिने अपेक्षा गरिएको छ ।
कम्पनीले चाँडै नै यस मोडलको आधिकारिक सार्वजनिक घोषणा गर्ने तयारी गरेको छ ।