Newad1
Featured blog image

एम्पियरको चाडपर्व अफर : २० हजारसम्म नगद छुट, एक लाख जित्ने मौका

काठमाडौं । एम्पियर नेपालले दसैँ, तिहार र छठलाई लक्षित गर्दै इलेक्ट्रिक स्कुटरमा २० हजार रुपैयाँसम्म नगद छुट वा थप एक्सचेन्ज मूल्याङ्कन दिने योजना ल्याएको छ । नेपालमा एम्पियरको प्रतिनिधित्व गर्दै आएको एसटीसी अटो सोलुसन प्रालिका अनुसार अफर अवधिमा स्कुटर खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत एक लाख रुपैयाँ जित्ने अवसरसमेत पाउनेछन् ।

‘नयाँ सवारी, नयाँ उमङ्ग—यसपालिको महाचाड एम्पियरसँग’ अभियानअन्तर्गत नेक्सस र म्याग्नस खरिदमा ग्राहकले २० हजार रुपैयाँ नगद छुट रोज्न सक्नेछन् । पुरानो दुईपाङ्ग्रे सवारी साटेर यी मोडल खरिद गर्दा भने त्यसको मूल्याङ्कनमा थप २० हजार रुपैयाँ उपलब्ध हुनेछ । ग्राहकले नगद छुट र थप एक्सचेन्ज मूल्याङ्कनमध्ये एउटा सुविधा रोज्नुपर्नेछ ।

रिओ भाइब मोडलका लागि छुट्टै अफर राखिएको छ । यो स्कुटर खरिदमा १० हजार रुपैयाँ नगद छुट वा पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दा थप १० हजार रुपैयाँ मूल्याङ्कनमध्ये एक सुविधा पाइने कम्पनीले जनाएको छ ।

योजनामा खरिदसँगै स्कुटरको नियमित सेवासम्बन्धी सुविधा पनि समेटिएको छ । कम्पनीका अनुसार ग्राहकले एक वर्ष निःशुल्क सर्भिसिङ, सात वर्षसम्म स्पेयर पार्ट्समा सात प्रतिशत छुट र गिफ्ट ह्याम्पर पाउनेछन् । एक लाख रुपैयाँको पुरस्कार भने अफर अवधिमा स्कुटर खरिद गर्ने ग्राहक सहभागी हुने लक्की ड्रबाट प्रदान गरिनेछ ।

कम्पनीले पेट्रोलबाट चल्ने दुईपाङ्ग्रे सवारीबाट इलेक्ट्रिक स्कुटरतर्फ सर्न चाहने ग्राहकलाई लक्षित गरेर योजना ल्याएको जनाएको छ । एम्पियरका शोरुम तथा डिलरमा ग्राहकले उपलब्ध मोडल अवलोकन गर्न, टेस्ट राइड लिन र आफ्नो पुरानो सवारीको एक्सचेन्ज मूल्याङ्कन गराउन सक्नेछन् ।

यो योजना २०८३ सालको छठ पूजासम्म लागू हुनेछ । अफरमा नियम तथा सर्त लागू हुने भएकाले ग्राहकले सवारी उपलब्धता र सुविधाको विस्तृत जानकारी नजिकको एम्पियर शोरुमबाट लिन सक्नेछन् ।


footer