एम्पियरको सामूहिक राइड कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौं नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले एसटिसी अटो सोलुसन, Ampere इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरकले आयोजना गरेको विशेष ग्राहक केन्द्रित कार्यक्रम “Ride to Sanga” भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रम शनिबार बिहान ७:३० बजे रविभवनस्थित एम्पियर शोरूमबाट सुरु भएको थियो । राइड टेकु, सुन्धारा, रातोपुल, सल्लाघारी हुँदै साँगासम्म पुगेर भक्तपुरको होटल भादगाउँमा समापन गरिएको थियो ।
पहिलो संस्करणको यस राइडमा कम्पनीका प्रतिनिधिहरू र Ampere Nexus स्कुटर प्रयोगकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रमको सुरुवातमा सहभागीहरूलाई स्वागत गर्नुका साथै राइड ब्रिफिङ तथा सुरक्षा सम्बन्धी जानकारी प्रदान गरिएको थियो ।
यस अवसरमा Ampere इलेक्ट्रिक स्कुटरहरूको छोटो परिचय पनि दिइएको थियो । कम्पनीका अनुसार Ampere स्कुटरहरू शहरी यात्राका लागि डिजाइन गरिएका इलेक्ट्रिक मोडेलहरू हुन्, जसले कम रनिङ कस्ट, सहज राइडिङ अनुभव, लो मेन्टेनेन्स र वातावरणमैत्री प्रविधिमा जोड दिन्छ । विशेषगरी दैनिक कम्युटका लागि उपयुक्त ब्याट्री दक्षता र स्टेबल परफर्मेन्स यसको मुख्य आकर्षण मानिन्छ ।
सामूहिक राइडका क्रममा सहभागीहरूले आपसी अनुभव आदानप्रदान गर्दै विद्युतीय सवारीको फाइदाबारे छलफल गरेका थिए । कार्यक्रमको समापनमा सीईओ राजपाल चड्डाले सम्पूर्ण सहभागीहरूलाई मायाको चिनो स्वरूप मेडल प्रदान गर्नुभएको थियो ।
कम्पनीका अनुसार, यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउनु, विद्युतीय सवारीप्रति सकारात्मक धारणा विकास गर्नु, सुरक्षित र जिम्मेवार सवारी संस्कृतिलाई प्रोत्साहन गर्नु तथा वातावरणमैत्री यातायातको सन्देश प्रवाह गर्नु रहेको छ ।
एसटिसी अटो सोलुसनले आगामी दिनमा पनि यस्ता ग्राहक–मैत्री तथा जनचेतनामूलक कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।