भारतमा ईभी ब्याट्री परीक्षणका लागि ५५ करोड भारुको प्रयोगशाला
भारतको अटोमोटिभ रिसर्च एसोसिएसन अफ इन्डिया (एआरएआई) ले पुणेमा करिब ५५ करोड भारतीय रुपैयाँ लगानीमा तयार गरिएको अत्याधुनिक ब्याट्री प्रयोगशाला उद्घाटन गरेको छ । विद्युतीय र हाइब्रिड सवारीका ब्याट्री परीक्षण, सुरक्षा मूल्यांकन, प्रमाणीकरण तथा निर्यातका मापदण्ड जाँच्ने उद्देश्यले प्रयोगशाला स्थापना गरिएको हो ।
एआरएआईको हीरक जयन्तीका अवसरमा भारतका
भारी उद्योग तथा इस्पातमन्त्री एचडी कुमारस्वामीले प्रयोगशालाको भर्चुअल माध्यमबाट
उद्घाटन गरेका हुन् । सोही अवसरमा ई–एक्सल र ईभी पावरट्रेन परीक्षणका लागि दुईवटा
डाइनामोमिटरयुक्त नयाँ परीक्षण पूर्वाधार पनि उद्घाटन गरिएको छ ।
कार्यक्रममा एआरएआई र स्कोडा अटो
फक्सवागन इन्डियाबीच नयाँ क्र्यास टेस्ट केन्द्र विकास गर्न जग्गा
हस्तान्तरणसम्बन्धी समझदारीसमेत भएको छ ।
ब्याट्री प्रयोगशाला र पावरट्रेन
परीक्षण पूर्वाधार उद्घाटन भइसकेका छन् भने नयाँ क्र्यास टेस्ट केन्द्र
जग्गासम्बन्धी समझदारीको चरणमा छ ।