ओमोडा–जेकोको अन्तर्राष्ट्रिय युजर समिट सम्पन्न, नयाँ मोडल र हाइब्रिड प्रविधि प्रदर्शन
काठमाडौँ । चेरी समूहअन्तर्गतका ओमोडा र जेकोले चीनको वुहुमा आयोजित अन्तर्राष्ट्रिय युजर समिट २०२६ मा नयाँ ओमोडा एक्ससहित हाइब्रिड तथा स्मार्ट मोबिलिटी प्रविधि प्रस्तुत गरेका छन् । अक्टोबर १८ देखि २४ सम्म ‘ड्राइभ टु द नेक्स्ट भाइब’ नारासहित सम्पन्न कार्यक्रममा विभिन्न देशका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी र व्यावसायिक साझेदार सहभागी थिए ।
समिटका क्रममा अक्टोबर २० मा
ओमोडा एक्स विश्वव्यापी रूपमा अनावरण गरिएको थियो । कम्पनीले यसलाई विश्वकै पहिलो
‘क्रस अफ–रोड भेहिकल’ का रूपमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार यसमा एसयूभीको
व्यावहारिकता, अफ–रोड सवारीको क्षमता र स्पोर्ट्स कारको गतिशील चरित्र समेटिएको छ
। यसको डिजाइनमा सहरी प्रयोग र बाहिरी साहसिक यात्रालाई एकैसाथ ध्यान दिइएको छ ।
कार्यक्रममा सुपर हाइब्रिड सिस्टम
(एसएचएस) अन्तर्गत नयाँ ‘५ किलोवाट आवर एचईभी’ प्रविधि पनि पहिलोपटक विश्वव्यापी
रूपमा प्रस्तुत गरिएको थियो । साथै, ओमोडा सुपर हाइब्रिड म्याराथनमार्फत हाइब्रिड
गाडीको इन्धन दक्षता र कार्यक्षमता प्रदर्शन गरिएको थियो । कम्पनीले दिएको
विवरणअनुसार उक्त परीक्षणमा ओमोडा ५ नेक्स्ट एसएचएस–एचले प्रति १०० किलोमिटर ४.५
लिटर इन्धन खपत गरेको र एक ट्याङ्की इन्धनमा १ हजार १५ किलोमिटर यात्रा गरेको थियो
।
समिटको सुपर इन्टेलिजेन्ट
एक्सपिरियन्स ल्याबमा सुपर इन्टेलिजेन्ट भ्याले पार्किङ (एसआईभीपी) र सुपर
इन्टेलिजेन्ट एआई स्पेस (एसआईएएस) प्रविधि प्रदर्शन गरिएका थिए । प्रयोगकर्ताको
दैनिक आवश्यकता बुझ्ने र त्यसअनुसार प्रतिक्रिया दिने सुविधा विकास गर्न यी
प्रविधि अघि बढाइएको कम्पनीले जनाएको छ । समिटमा स्मार्ट प्रविधि, दिगो मोबिलिटी र
व्यक्तिगत जीवनशैलीलाई जोड दिँदै अन्तरक्रियात्मक गतिविधि तथा अन्तर्राष्ट्रिय
सहकार्यका कार्यक्रमसमेत सञ्चालन गरिएको थियो । विभिन्न बजारका ग्राहकको अनुभव,
रुचि र प्रतिक्रियालाई उत्पादन तथा प्रविधिको विकासमा समेट्ने कम्पनीको भनाइ छ ।
ओमोडा–जेकोका अनुसार तीन
वर्षभित्र यसको उपस्थिति युरोपका २३ देशसहित विश्वका ७९ बजारमा विस्तार भएको छ भने
कुल विश्वव्यापी बिक्री १४ लाख युनिट नाघेको छ । नयाँ ऊर्जा प्रविधि, डिजाइन र
उत्पादन विकासमार्फत अन्तर्राष्ट्रिय बजारमा आफ्नो स्थान विस्तार गर्ने लक्ष्य
कम्पनीले राखेको छ । सवारीलाई यातायातसँगै प्रविधि, व्यक्तिगत पहिचान र
जीवनशैलीसँग जोड्ने अवधारणा पनि समिटमा प्रस्तुत गरिएको थियो ।
नेपालमा ओमोडा–जेकोको एकमात्र
आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालि रहेको छ । कम्पनीले विश्व बजारमा विकास
भएका अटोमोबाइल प्रविधि र मोबिलिटी समाधान नेपाली ग्राहकलाई उपलब्ध गराउँदै आएको
जनाएको छ । डिजाइन, कार्यक्षमता, सुरक्षा र ग्राहक सेवामा अन्तर्राष्ट्रिय स्तरको
अनुभव प्रदान गर्दै देशभर आफ्नो सञ्जाल विस्तार गर्ने लक्ष्य एसपीजीले राखेको छ ।