Newad1
Featured blog image

बजाज चेतकमा एक लाखसम्म क्यासब्याक, शून्य प्रतिशत ब्याजसहित पाँच सुविधा

काठमाडौं । नेपालमा बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले चेतक इलेक्ट्रिक स्कुटरमा चाडपर्व लक्षित ‘चेतक फेस्टिभ फाइभ’ योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत बजाज चेतकका कुनै पनि मोडल खरिद गर्ने ग्राहकले ईएमआई फाइनान्सिङमा शून्य प्रतिशत ब्याज, एक लाख रुपैयाँसम्मको क्यासब्याक र पाँच वर्षको वारेन्टी पाउने कम्पनीले जनाएको छ ।

ग्राहकलाई पाँच वर्षको ईएमआई भुक्तानी सुविधा र निःशुल्क प्रिमियम एसेसरिज पनि उपलब्ध गराइनेछ । कम्पनीका अनुसार यो योजना दसैंदेखि छठसम्म देशभरका आधिकारिक बजाज तथा चेतक शोरुममा लागू हुनेछ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले चाडपर्वमा ग्राहकलाई आर्थिक रूपमा सहज हुने गरी क्यासब्याक, फाइनान्सिङ र वारेन्टीसहितको योजना ल्याइएको बताएका छन् ।

footer