Newad1
Featured blog image

बेंसीसहर–चामे सडक पुनः सञ्चालनमा, मनाङका १३ गाउँलाई सहज

मनाङ । वर्षापछिको पहिरो र सडक कटानले प्रभावित बेंसीसहर–चामे सडक मर्मतपछि पुनः सञ्चालनमा आएको छ । लमजुङको बेंसीसहरलाई मनाङ सदरमुकाम चामेसँग जोड्ने सडक खुलेपछि स्थानीयको आवतजावत सहज भएको छ ।

मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीले उपकरण, जनशक्ति र इन्धन उपलब्ध गराएर सडक खुलाउन सहयोग गरेको हो । करिब ६० किलोमिटर लामो सडकका क्षतिग्रस्त खण्ड मर्मत गरी छ दिनमा यातायात सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

असोजमा लगातार चार दिन परेको भारी वर्षाले सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो । केही ठाउँमा सडकको आधार संरचनासमेत क्षतिग्रस्त भएको थियो । अन्य जलविद्युत् आयोजना र स्थानीय सडकसम्बन्धी निकायसँग समन्वय गरेर मर्मत गरिएको हो । काममा एक्स्काभेटरलगायत उपकरण र आवश्यक सामग्री परिचालन गरिएको थियो ।

सडक पुनः सञ्चालनबाट मनाङका १३ गाउँका करिब पाँच हजार छ सय नागरिक लाभान्वित भएको कम्पनीले जनाएको छ ।

footer