अक्टोबरमा बीवाईडीका ४ लाख ९० हजार सवारी बिक्री
काठमाडौँ । चिनियाँ गाडी उत्पादक बीवाईडीको पूर्ण विद्युतीय यात्रुवाहक बिक्री सन् २०२६ को अक्टोबरमा पहिलोपटक ३ लाख नाघेको छ । कम्पनीले उक्त महिनामा ३ लाख ५ हजार ७४३ पूर्ण विद्युतीय यात्रुवाहक बिक्री गरेको हो, जुन अघिल्लो वर्षको समान महिनाभन्दा ३७.३८ प्रतिशत बढी हो ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार
प्लगइन हाइब्रिड र व्यावसायिक सवारीसमेत जोड्दा अक्टोबरको कुल बिक्री ४ लाख ९०
हजार १६८ युनिट पुगेको छ । यो गत वर्षको अक्टोबरभन्दा १०.९७ प्रतिशत र
सेप्टेम्बरभन्दा ५.७४ प्रतिशत बढी हो । कम्पनीका लागि यो सन् २०२६ कै उच्च मासिक
बिक्री हो ।
प्लगइन हाइब्रिड यात्रुवाहकको बिक्री
भने १७.२३ प्रतिशत घटेर १ लाख ७७ हजार ३८२ युनिट भएको छ । कम्पनीको यात्रुवाहक
बिक्रीमा पूर्ण विद्युतीयको हिस्सा ६३.२८ प्रतिशत पुगेको छ ।
अक्टोबरमा बीवाईडीले १ लाख ७० हजार
१९४ सवारी निर्यात गरेको छ । यो अघिल्लो वर्षको समान महिनाभन्दा १०२.८४ प्रतिशत
बढी हो । चीनभित्रको बिक्री भने १०.५७ प्रतिशत घटेर ३ लाख १९ हजार ९७४ युनिट भएको
छ ।
जनवरीदेखि अक्टोबरसम्म कम्पनीको कुल
बिक्री ३६ लाख २१ हजार ७४४ युनिट पुगेको छ । यो अघिल्लो वर्षको समान अवधिभन्दा
२.१६ प्रतिशत कम हो ।