चांगानको ‘केयर २४×७’ सुरु, ११ सेवा केन्द्रबाट सडक सहायता
काठमाडौं । नेपालमा चांगान तथा यसअन्तर्गतका ब्रान्डको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले ‘चांगान केयर २४×७’ सडक सहायता सेवा सुरु गरेको छ । दशैं, तिहार तथा छठको यात्रालाई लक्षित गर्दै कम्पनीले अवतार, दिपल र निभोका ग्राहकका लागि ११ प्रमुख सेवा केन्द्रमार्फत चौबीसै घण्टा सहायता उपलब्ध गराउने जनाएको छ ।
यसअन्तर्गत यात्राका क्रममा
सवारीसाधनमा अप्रत्याशित समस्या आए टोइङ अर्थात् गाडी तानेर लैजाने सेवा,
घटनास्थलमै मर्मत सहयोग तथा आकस्मिक सहायता उपलब्ध हुनेछ । ग्राहकको सहयोगका लागि
समर्पित सहायता टोलीसमेत रहने कम्पनीले जनाएको छ । सडक सहायता आवश्यक परे ग्राहकले ९७०४०२४३६५ मा सम्पर्क गर्न सक्नेछन् ।
यो सेवा अवतारका ०७ र ११, दिपलका
एस०७, एस०५, ई०७ र एल०७ तथा निभोको क्यू०५ मोडलमा लागू हुनेछ । चाडपर्व मनाउन घर
फर्किने वा विभिन्न गन्तव्यमा घुम्न निस्किने ग्राहकलाई बाटोमा समस्या पर्दा
आवश्यक सहयोग उपलब्ध गराउनु सेवाको उद्देश्य रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार सडक सहायता सञ्जाल
दाङ, धनगढी, बिर्तामोड, विराटनगर, नेपालगञ्ज, बुटवल, जनकपुर, वीरगञ्ज, चितवन,
पोखरा तथा ललितपुरको बालकुमारीमा रहेका सेवा केन्द्रसँग जोडिएको छ । यी
केन्द्रमार्फत प्रमुख सहर तथा विभिन्न क्षेत्रका ग्राहकसम्म सहायता पुर्याउने
व्यवस्था गरिएको छ ।
‘नेपालको जुनसुकै स्थानमा पनि तपाईंको
यात्रा हाम्रो लागि महत्त्वपूर्ण छ’ भन्ने नारासहित सुरु गरिएको यस सेवाले
चाडपर्वको समयमा ग्राहकको यात्रा सहज बनाउने कम्पनीले जनाएको छ । एमएडब्लू वृद्धि
नेपालमा चांगान, दिपल, निभो र अवतारको आधिकारिक वितरक हो ।