Newad1
Featured blog image

चेरी समूहको सेप्टेम्बर बिक्री झन्डै ३ लाख, निर्यात ५१ प्रतिशत बढ्यो

काठमाडौं । चिनियाँ अटो निर्माता चेरी समूहले सेप्टेम्बर २०२६ मा २ लाख ७ हजार ८१४ गाडी निर्यात गरेको छ । गत वर्षको सोही महिनाभन्दा ५१ प्रतिशत बढी गाडी विदेश पठाएको समूहले मासिक निर्यातमा नयाँ रेकर्ड बनाएको जनाएको छ ।

सेप्टेम्बरमा समूहको कुल बिक्री २ लाख ९२ हजार ३०८ गाडी पुगेको छ । यो गत वर्षको सेप्टेम्बरभन्दा ४.२ प्रतिशत बढी हो । निर्यातको वृद्धि दर भने कुल बिक्रीको तुलनामा उल्लेख्य उच्च रहेको छ ।

न्यू इनर्जी गाडीको बिक्री पनि ४५.६ प्रतिशत बढेर १ लाख ३३ हजार ३१० पुगेको छ । समूहका अनुसार यो हालसम्मकै उच्च मासिक न्यू इनर्जी बिक्री हो । लगातार ६ महिनादेखि यस समूहका न्यू इनर्जी गाडीको मासिक बिक्री १ लाखभन्दा माथि रहेको छ । यो तथ्याङ्कमा पूर्ण विद्युतीयसँगै प्लगइन हाइब्रिड गाडी पनि समावेश छन् ।

जनवरीदेखि सेप्टेम्बरसम्म चेरी समूहले कुल २२ लाख ६ हजार ७८९ गाडी बेचेको छ । गत वर्षको समान अवधिभन्दा यो ९.९ प्रतिशत बढी हो । नौ महिनामा निर्यात ६५.६ प्रतिशत बढेर १५ लाख ५१ हजार १७८ गाडी पुगेको छ भने न्यू इनर्जी बिक्री ४६.१ प्रतिशत बढेर ८ लाख ५८ हजार ५२४ पुगेको छ ।

समूहभित्र चेरी ब्रान्ड मात्रैको सेप्टेम्बर बिक्री १ लाख ९८ हजार ६८१ गाडी रहेको छ । कम्पनीको ब्रान्डगत विवरणअनुसार यो गत वर्षको सोही महिनाभन्दा १७.२ प्रतिशत बढी हो । वर्षको पहिलो नौ महिनामा चेरी ब्रान्डको बिक्री १४ लाख ८८ हजार १३६ पुगेको छ ।

footer