Newad1
Featured blog image

युलेन्स स्कुललाई दिगोले हस्तान्तरण गर्‍यो ४० इलेक्ट्रिक भ्यान

काठमाडौं । दिगोले युलेन्स स्कुललाई १६ सिट क्षमताका ४० वटा सीएचटीसी इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ । विद्यालयले आफ्नो यातायात सेवामा यी भ्यान समावेश गरेको हो ।

निर्माता कम्पनीका प्रतिनिधि झु सियानसोंगले दिगो र विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा गाडी हस्तान्तरण गरेका हुन् । विद्यालयले इन्धनमा आधारित सवारीमाथिको निर्भरता घटाउँदै वातावरणमैत्री यातायात सेवा विस्तार गर्ने उद्देश्यले इलेक्ट्रिक भ्यान थपेको जनाएको छ ।

दिगोका अनुसार दैनिक आवतजावतका लागि डिजाइन गरिएका यी भ्यानले कम सञ्चालन खर्च र शान्त यात्राको लाभ दिन्छन् । कम्पनीका ग्रुप सीईओ सौरब श्रेष्ठले विद्यालयसँगको सहकार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्दै इलेक्ट्रिक मोबिलिटीप्रति विद्यालयले देखाएको विश्वासले कम्पनीलाई थप प्रोत्साहन मिलेको बताए ।

युलेन्स स्कुलकी प्रधानाध्यापक एकता सिंह राणाले इलेक्ट्रिक भ्यानको समावेश विद्यालयको यातायात सेवालाई प्रभावकारी र वातावरणप्रति जिम्मेवार बनाउने प्रयासको हिस्सा भएको बताइन् । स्वच्छ र दिगो यातायात प्रणालीतर्फ अघि बढ्न दिगोसँग सहकार्य गरेको उनको भनाइ छ ।

दिगोले नेपालमा व्यावसायिक इलेक्ट्रिक गाडीका साथै चार्जिङ पूर्वाधार, ईभी भाडा सेवा, प्रविधिमा आधारित मोबिलिटी सेवा तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ ।

footer