Newad1
Featured blog image

मुग्लिन–काठमाडौं मार्ग अवरुद्ध, गल्छीमा सडक चिरा पर्‍यो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छीमा सडक भासिएपछि मुग्लिन–काठमाडौं मार्गमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । असोज २३ गते सडकमा चिरा परेर भासिन थालेपछि दुवैतर्फको यातायात बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा इन्स्पेक्टर श्यामकुमार बस्नेतका अनुसार सडकको बीच भागमा चिरा परेको छ । उक्त भाग भासिने क्रम जारी रहेको उनले जानकारी दिएका छन् ।

सडक पुनः सञ्चालनमा आउने समय र वैकल्पिक मार्गबारे उपलब्ध विवरणमा जानकारी खुलाइएको छैन ।

स्रोत : अनलाइनखबर ।

footer