सोडियम आयन ब्याट्रीमा २०२८ सम्म कर छुट, चीनमा १० GWh को कारखाना बनाउने योजना
काठमाडौँ । चीनको हिना ब्याट्रीले वुहानमा वार्षिक १० गिगावाट आवर (GWh) क्षमताको सोडियम आयन ब्याट्री कारखाना स्थापना गर्ने योजना अघि बढाएको छ । कम्पनीले सन् २०२६ अक्टोबर १४ मा वुहानको जियाङ्सिया जिल्लासँग गरेको सम्झौताअनुसार पहिलो चरणमा वार्षिक ३ GWh उत्पादन क्षमता तयार गर्ने लक्ष्य छ ।
सन् २०२७ को सुरुतिर निर्माण थाल्ने र
सोही वर्षको अन्त्यसम्म प्रारम्भिक उत्पादन सुरु गर्ने योजना छ । नोभेम्बर १ मा
प्रकाशित विवरणअनुसार हिनाले चेङ्ली स्पेसल अटोमोबाइल ग्रुपसँग सोडियम आयन
ब्याट्री प्रयोग हुने विद्युतीय सरसफाइ सवारी विकास गर्न छुट्टै सम्झौता पनि गरेको
छ । त्यसमा फोहोर संकलन गर्ने र सडकको धुलो नियन्त्रण गर्न पानी छर्कने ट्रक समेटिएका
छन् ।
यसैबीच, चीनले राष्ट्रिय मापदण्ड पूरा
गर्ने सोडियम आयन ब्याट्री, सोलिड स्टेट ब्याट्री र फ्युल सेललाई सन् २०२८
डिसेम्बर ३१ सम्म उपभोग कर छुट दिएको छ । जुलाई १६ को सरकारी निर्णयअनुसार यो
व्यवस्था सन् २०२६ सेप्टेम्बर १ देखि लागू भएको हो ।
सोही निर्णयअनुसार करको दायरामा पर्ने
लिथियम आयन ब्याट्रीमा सन् २०२६ सेप्टेम्बर १ देखि २ प्रतिशत उपभोग कर लाग्दै आएको
छ । सन् २०२७ सेप्टेम्बर १ देखि उक्त दर ४ प्रतिशत पुग्नेछ ।