Newad1
Featured blog image

हुन्डाई क्रेटाको बिक्री १५ लाख पार

काठमाडौं । हुन्डाई क्रेटाको भारतीय बजारमा कुल बिक्री १५ लाख युनिट नाघेको छ । जुलाई २०१५ मा लन्च भएको यो मिडसाइज एसयूभीको सेप्टेम्बर २०२६ सम्मको थोक बिक्री १५ लाख १२ हजार ३६ युनिट पुगेको हो । यो संख्या कम्पनीबाट डिलरतर्फ पठाइएका गाडीको हो ।

विवरणअनुसार क्रेटाले घरेलु बजारको बिक्रीबाटै यो उपलब्धि हासिल गरेको हो । निर्यात यसमा समावेश छैन । अगस्ट २०२६ सम्म भारतबाट २ लाख ९५ हजार ९९४ युनिट क्रेटा निर्यात भइसकेको छुट्टै तथ्यांक छ ।

क्रेटाले हुन्डाई मोटर इन्डियाको समग्र बिक्रीमा पनि उल्लेख्य हिस्सा ओगटेको छ । कम्पनी भारतीय बजारमा प्रवेश गरेयताको कुल यात्रुवाहक सवारी बिक्रीमा क्रेटाको योगदान करिब १५ प्रतिशत छ । त्यस्तै, क्रेटा लन्च भएयता कम्पनीले डिलरतर्फ पठाएका युटिलिटी भेहिकलमध्ये यसको हिस्सा करिब ५५ प्रतिशत रहेको छ ।

यसअघि जुन २०२५ सम्म क्रेटाको भारतीय बजारमा बिक्री र निर्यात जोड्दा कुल संख्या १५ लाख ५७ हजार १३३ युनिट पुगेको थियो । अहिलेको उपलब्धि भने निर्यात नजोडी भारतीय बजारको बिक्री मात्रै १५ लाख पार भएको हो ।

footer