Newad1
Featured blog image

भेन्युको चम्किलो प्रदर्शनसँगै हुन्डाईको मासिक बिक्री हालसम्मकै उच्च

हुन्डाई मोटर इन्डियाले सन् २०२६ को अक्टोबरमा घरेलु बजार र निर्यातसहित ८२ हजार २९९ गाडी बिक्री गरेको छ । कम्पनीको यो हालसम्मकै उच्च मासिक बिक्री हो । अघिल्लो वर्षको अक्टोबरको तुलनामा कुल बिक्री १७.७ प्रतिशत बढेको छ ।

भारतीय घरेलु बजारमा कम्पनीको बिक्री १६.७ प्रतिशत बढेर ६२ हजार ७९९ युनिट पुगेको छ । यो पनि कम्पनीको हालसम्मकै उच्च मासिक घरेलु बिक्री हो । सोही अवधिमा निर्यात २१.१ प्रतिशत बढेर १९ हजार ५०० युनिट पुगेको छ ।

कम्प्याक्ट एसयूभी भेन्युले पनि मासिक बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । अक्टोबरमा यसको घरेलु बिक्री १३ हजार १७ युनिट पुगेको हो । हुन्डाईको कुल घरेलु बिक्रीमा भेन्युको हिस्सा करिब २०.७ प्रतिशत छ ।

यसअघि कम्पनीले सेप्टेम्बरमा ७७ हजार ९१६ गाडी बिक्री गर्दै मासिक रेकर्ड बनाएको थियो । अक्टोबरमा उक्त संख्याभन्दा ४ हजार ३८३ युनिट बढी बिक्री भएको छ । सेप्टेम्बरको तुलनामा कुल बिक्री करिब ५.६ प्रतिशत र घरेलु बिक्री ९.९ प्रतिशत बढेको हो ।

निर्यात भने सेप्टेम्बरको तुलनामा १ हजार २५० युनिट अर्थात् करिब ६ प्रतिशत घटेको छ । सेप्टेम्बरमा कम्पनीले २० हजार ७५० गाडी निर्यात गरेको थियो ।

footer