Newad1
Featured blog image

जनकपुर बोल्ट्सको गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी

काठमाडौं । राइड र इनर्जी दुईपांग्रे ब्याट्री ब्रान्डको कम्पनी एसटीसी इनर्जी इन्डस्ट्रिज जनकपुर बोल्ट्ससँग जोडिएको छ । नेपाल प्रिमियर लिग अर्थात् एनपीएलको तेस्रो सिजनका लागि कम्पनी टिमको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बनेको हो ।

दुई पक्षबीच अक्टोबर २२ मा काठमाडौंको लाजिम्पाटस्थित राडिसन होटलमा सम्झौता भएको हो । सहकार्यअन्तर्गत एसटीसीलाई टिमको ब्रान्डिङ, खेल हुने दिनका गतिविधि, आतिथ्य कार्यक्रम र डिजिटल अभियानमा समावेश गरिनेछ ।

नेपालमा अटोमोटिभ पार्ट्स तथा ब्याट्रीको आपूर्ति र वितरण गर्दै आएको एसटीसीले यो साझेदारीमार्फत क्रिकेटप्रेमीमाझ आफ्ना ब्रान्डको पहुँच बढाउने लक्ष्य राखेको छ । कम्पनीका निर्देशक लक्ष्मीप्रसाद उप्रेतीले राइड र इनर्जी ब्याट्री ब्रान्डलाई देशभरका क्रिकेट समर्थकसँग जोड्न सहकार्य उपयोगी हुने बताएका छन् ।

जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले एसटीसीसँगको सहकार्यलाई टिमका समर्थकको दैनिक जीवनसँग जोडिएको साझेदारीका रूपमा उल्लेख गरेका छन् । जनकपुर बोल्ट्स एनपीएलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली हो ।

footer