Newad1
Featured blog image

उपत्यकामा २४ घण्टामै ८२१ सवारी कारबाहीमा, तीव्र गतिका मात्रै १०४

काठमाडौं । काठमाडौं उपत्यकामा असोज १६ गते बिहान ६ बजेसम्मको २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने ८२१ सवारीसाधन कारबाहीमा परेका छन् । तीव्र गतिमा सवारी चलाएको कसुरमा मात्रै १०४ वटा कारबाहीमा परेको नेपाल लाइभले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई उद्धृत गर्दै जनाएको छ ।

सोही अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाएकोमा ५३ र रातो बत्ती उल्लङ्घनमा ३९ वटा कारबाहीमा परेका छन् । सिसिटिभीमार्फत नियम उल्लङ्घन पहिचान भएका ५९ सवारीसाधनमाथि पनि कारबाही गरिएको छ ।

सवारीको अवस्था ठीक नभएका ३४ वटा तथा हर्नसम्बन्धी नियम उल्लङ्घन गर्ने १२ वटा कारबाहीमा परेका छन् । लेन अनुशासन र एकतर्फी सडकको नियम उल्लङ्घनमा तीन–तीन वटा सवारीसाधनमाथि कारबाही गरिएको छ ।

अन्य कसुरमा थप ५१० सवारीसाधन कारबाहीमा परेको विवरणमा उल्लेख छ । ट्राफिक प्रहरीले चालकलाई नियम पालना गरी सुरक्षित यात्रा गर्न आग्रह गरेको छ । 

footer