कोरलामा जाँचपास पर्खँदै १ हजार ७ सय ईभी
काठमाडौँ । कोरला नाकामा हिउँ पन्छाउने काम भइरहे पनि सवारी आवागमन पूर्ण रूपमा सहज भएको छैन । कात्तिक १९ गते बिहानसम्मको विवरणमा नेपालतर्फ १ हजार ७ सय ईभीको भन्सार जाँचपास बाँकी छ ।
न्हेचुङदेखि सीमासम्म जमेको हिउँ
हटाएपछि गाडी पठाउने गरिएको छ । तर चिसोले पानी फेरि जम्दा आवागमनमा अवरोध
दोहोरिने गरेको छ ।
सडक खुलाउन लोमान्थाङ
गाउँपालिकाको मेसिनसँगै चीनको झोङ्बा काउन्टी सरकारले उपलब्ध गराएको बुल्डोजर
परिचालन गरिएको छ । गाउँपालिका र सुरक्षाकर्मीको टोली हिउँ हटाउन खटिएको छ ।
कालीगण्डकीको बाढीबाट क्षतिग्रस्त
बेनी–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको थियो । अहिले नाका क्षेत्रमा हिउँ र
चिसोले सवारी आउजाउ प्रभावित बनाएको हो ।
स्रोत:अनलाइनखबर