Newad1
Featured blog image

पाँच शहरमा लक्ष्मी ल्युब आयलको मेकानिक मिट, ७०० बढी सहभागी

काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्टको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले पाँच शहरमा आयोजना गरेको ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ मा ७०० भन्दा बढी रिटेलर, डिलर तथा निजी ग्यारेज मेकानिक सहभागी भएका छन् ।

कम्पनीले बिर्तामोड, इटहरी, विराटनगर, वीरगञ्ज र चितवनमा उक्त कार्यक्रम आयोजना गरेको हो । बिर्तामोडमा १०० भन्दा बढी, इटहरीमा ९० भन्दा बढी, विराटनगरमा ११० भन्दा बढी तथा वीरगञ्ज र चितवनमा २००–२०० भन्दा बढी सहभागी भएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा सवारीसाधनको प्रकार, इन्जिन प्रविधि, सञ्चालन अवस्था र निर्माता कम्पनीको सिफारिसअनुसार सही भिस्कोसिटी तथा ग्रेडको लुब्रिकेन्ट छनोट गर्ने विषयमा प्राविधिक जानकारी दिइएको थियो । टोटल इनर्जिजका विभिन्न उत्पादनको प्रयोग, बजारको अवस्था र ग्राहकको व्यवहारबारे पनि छलफल गरिएको थियो ।

सहभागी रिटेलर तथा मेकानिकले लुब्रिकेन्ट प्रयोगसम्बन्धी आफ्ना व्यावहारिक अनुभव र प्रतिक्रिया साझा गरेका थिए । लक्ष्मी ल्युब आयलले ‘ग्यारेज चौतारी’ मार्फत पनि ग्यारेज सञ्चालक, मेकानिक तथा अटोमोबाइल व्यवसायीबीच प्राविधिक ज्ञान र अनुभव आदानप्रदानसम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ ।

पाँच शहरमा कार्यक्रम सम्पन्न गरेको कम्पनीले आगामी दिनमा नेपालका अन्य प्रमुख शहरमा पनि ‘रिटेलर तथा प्राइभेट ग्यारेज मेकानिक मिट २०२६’ आयोजना गर्ने तयारी गरेको छ ।

footer