Newad1
Featured blog image

नागढुंगा सुरुङमा आज कात्तिक १५ देखि शुल्क, कसले कति तिर्नुपर्छ ?

काठमाडौँ । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीले आज, २०८३ कात्तिक १५ गतेदेखि शुल्क तिर्नुपर्ने भएको छ । सवारीको वर्ग र काठमाडौं प्रवेश गर्ने वा बाहिरिने दिशाअनुसार प्रतिपटक ६० देखि ६०० रुपैयाँसम्म शुल्क तोकिएको छ ।

नागढुंगा सुरुङ निर्माण आयोजनाका उपनिर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार सडक बोर्ड नेपालको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाका आधारमा सडक उपभोग शुल्क संकलन गर्न लागिएको हो । आयोजनाले सवारीलाई चार वर्गमा छुट्याएर दर निर्धारण गरेको छ ।

कार, भ्यान, पिकअप र माइक्रोबसलाई काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ लाग्नेछ । मिनिबस तथा मिनिट्रकको शुल्क प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तोकिएको छ ।

बस र पछाडि एउटा एक्सल भएका ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ तथा बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । मल्टी–एक्सल ट्रक, अन्य मल्टी–एक्सल सवारी तथा भारी उपकरणका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ ।

footer