सेलिब्रिटीसँग जोडिँदै नेभो क्यू०५, पाँच परिचित अनुहारलाई डेलिभरी
काठमाडौं । गायक स्वप्न सुमन तथा अभिनेत्रीहरू ज्योत्सना योगी, मिरुना मगर, आना शर्मा र जसिता गुरुङले चांगान नेभो क्यू०५ को डेलिभरी लिएका छन् । कम्पनीले दिएको जानकारीअनुसार नेपाली बजारमा लन्च भएको एक महिनाभित्रै यी पाँच व्यक्तित्वलाई विद्युतीय एसयूभी हस्तान्तरण गरिएको हो ।
कम्पनीले ‘ए क्लास अबभ’ नारासहित
प्रवर्द्धन गरिरहेको क्यू०५ को प्रचारमा अब मनोरञ्जन क्षेत्रका परिचित अनुहार पनि
जोडिएका छन् ।
क्यू०५ मा १२० किलोवाटको मोटर छ ।
कम्पनीका अनुसार यसमा सीएटीएलका ब्याट्री सेलसँग चांगानको ‘गोल्डेन शिल्ड ब्याट्री
२.०’ प्रविधि प्रयोग गरिएको छ । उपयुक्त चार्जिङ पूर्वाधार र अवस्थामा ब्याट्री ३०
बाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १५ मिनेट लाग्ने कम्पनीको भनाइ छ ।
क्याबिनमा १४.६ इन्चको टचस्क्रिन र
वायरलेस स्मार्टफोन कनेक्टिभिटी दिइएको छ । यसको ह्विलबेस २ हजार ७३५ मिलिमिटर छ
भने भित्री स्थानको उपयोग अनुपात ८६.६ प्रतिशत रहेको कम्पनीले जनाएको छ ।
डिजाइन चांगानका ग्लोबल डिजाइन उपाध्यक्ष तथा फक्सवागन समूहका पूर्व डिजाइन प्रमुख क्लाउस जिकोराको नेतृत्वमा विकसित गरिएको विज्ञप्तिमा उल्लेख छ । बाहिरी बनावटमा ‘डिजिटल विङ २.०’ लाइटिङ र आंशिक रूपमा लुकाइएका ढोकाका ह्यान्डल समावेश छन् ।