चीनमा विकसित निसान पिकअप अब विदेशी बजारमा
काठमाडौं । निसानले चीनमा विकसित तथा उत्पादित फ्रन्टियर प्रो पिकअपलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने घोषणा गरेको छ । अक्टोबर ८ मा जारी आधिकारिक विवरणअनुसार चीनबाहिर यसको बिक्री सुरु हुने पहिलो बजार मेक्सिको हुनेछ, जहाँ यही अक्टोबरदेखि बिक्री थाल्ने योजना छ ।
अन्य ल्याटिन अमेरिकी बजारमा सन्
२०२६ भित्रै विस्तार गर्ने कम्पनीको तयारी छ । फिलिपिन्समा नोभेम्बर र मध्यपूर्वमा
वर्षको अन्त्यसम्म यो पिकअप नाभारा प्रो नाममा आउनेछ । बजारको आवश्यकताअनुसार
प्लग–इन हाइब्रिड तथा इन्धन इन्जिनका विकल्प उपलब्ध गराइने निसानले जनाएको छ ।
यसको डिजाइन, विकास र उत्पादन
चीनस्थित निसानको संयुक्त उद्यम झेङझाउ निसानले गरेको हो । कम्पनीले सन् २०२५ डिसेम्बरमै
चीनमा फ्रन्टियर प्रो र फ्रन्टियर प्रो पीएचईभी लन्च गरेको थियो । त्यसैले अहिलेको
घोषणा उक्त पिकअपलाई चीनबाहिरका बजारमा विस्तार गर्ने कार्यक्रमसँग सम्बन्धित छ ।
अस्ट्रेलिया र न्युजिल्यान्डमा भने सन् २०२७ मा नाभारा प्रो प्लग–इन हाइब्रिड ल्याउने घोषणा गरिएको छ । यी यसको पहिलो राइट ह्यान्ड ड्राइभ बजार हुनेछन् । त्यहाँका लागि छनोट गरिएको संस्करणमा २.० लिटर टर्बो पेट्रोल इन्जिनसँग इलेक्ट्रिक मोटर र आठ स्पिड अटोमेटिक ट्रान्समिसन रहनेछ । प्रारम्भिक संयुक्त पावर ३०० किलोवाट र टर्क ८०० न्युटन मिटर उल्लेख गरिएको छ, तर अन्तिम प्रमाणीकरण बाँकी छ ।