आईपीओतर्फ अघि बढ्यो पीएलओ उत्पादक पूर्वाञ्चल ल्युब आयल
विराटचोक । पीएलओ ब्रान्डका लुब्रिकेन्ट उत्पादन गर्दै आएको पूर्वाञ्चल ल्युब आयल लिमिटेडले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने तयारी अघि बढाएको छ । कम्पनीको २७औँ वार्षिक साधारणसभाले पुँजी विस्तार गरी व्यवसाय बढाउने योजनासहित आईपीओ प्रक्रियालाई अगाडि बढाउने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले योग्य संस्थागत लगानीकर्ताका
लागि ६ लाख कित्ता सेयर छुट्याएको उपलब्ध विवरणमा उल्लेख छ । बुक बिल्डिङ
विधिअन्तर्गत योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलकबोलका आधारमा सेयरको मूल्य
निर्धारण गर्ने प्रक्रिया अपनाइन्छ ।
साधारणसभाले आर्थिक वर्ष २०८२/०८३ का
लागि चुक्ता पुँजीको करसहित ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि
अनुमोदन गरेको छ । सञ्चालक समितिले प्रस्तुत गरेको सोही आर्थिक वर्षको वार्षिक तथा
वित्तीय प्रतिवेदनसहित सभामा पेस गरिएका प्रस्ताव पारित भएका छन् ।
सभाबाट आगामी आर्थिक वर्षका लागि
लेखापरीक्षक नियुक्ति, बजेट तथा सञ्चालकहरूको पारिश्रमिकसम्बन्धी प्रस्तावसमेत
अनुमोदन गरिएको छ । नयाँ सञ्चालक समिति चयनसम्बन्धी प्रस्ताव पनि साधारणसभाले
पारित गरेको कम्पनीले जनाएको छ ।