Newad1
Featured blog image

पल्सरको २५ वर्षमा राइडरलाई सम्मान : कथा साझा गरे उपहार

काठमाडौं । दैनिक कार्यालय जाने बाटोदेखि लामो यात्राको सम्झनासम्म, मोटरसाइकलसँग जोडिएका केही क्षण राइडरका लागि सामान्य हुँदैनन् । कसैका लागि पहिलो बाइकको उत्साह हुन्छ, कसैका लागि साथीहरूसँगको पहाडी यात्रा त कसैका लागि कठिन समयमा साथ दिएको भरोसायोग्य यात्रा साथी । यस्तै वास्तविक अनुभवलाई विश्वमाझ पुर्‍याउने अवसर नेपाली पल्सर राइडरले पाउने भएका छन् ।

पल्सरले आफ्नो २५ वर्षे यात्रा मनाउँदै ‘माइ पल्सर स्टोरी’ नामको विश्वव्यापी अभियान सुरु गरेको छ । यसमा नेपालका राइडरले पनि पल्सरसँग जोडिएको आफ्नो स्मरणीय अनुभव, यात्रा वा प्रेरक कथा प्रस्तुत गर्न सक्नेछन् ।

सहभागीले भिडियो, तस्बिर, संगीत वा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित सिर्जनात्मक सामग्रीमार्फत आफ्नो कथा पठाउन सक्नेछन् । तर सामग्रीको केन्द्रमा वास्तविक अनुभव र पल्सरसँग बनेको व्यक्तिगत सम्बन्ध हुनुपर्नेछ ।

अभियानअन्तर्गत हरेक हप्ता छानिने उत्कृष्ट कथाका सर्जकले ५ सय अमेरिकी डलर बराबरको उपहार पाउनेछन् । त्यस्तै, सहभागी प्रत्येक देशबाट एक जना भाग्यशाली राइडरले पल्सर एनएस ४०० जेड जित्ने अवसर पनि पाउनेछन् ।

बजाज ग्लोबलका अनुसार उत्कृष्ट सामग्रीले ‘संसारलाई चुनौती दिने २५ वर्ष’ को भाव झल्काउनुपर्नेछ । छनोट भएका कथा पल्सरका विश्वव्यापी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिनेछन् । यसले नेपाली राइडरका स्थानीय सडक, यात्रा र अनुभवलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने बाटो खोल्नेछ ।

नेपालमा पल्सर लामो समयदेखि युवापुस्ताको रोजाइमा पर्ने मोटरसाइकल ब्रान्डमध्ये एक हो । सहरको दैनिक आवतजावत होस् वा राजमार्ग र घुम्ती सडकको यात्रा, धेरै राइडरका व्यक्तिगत अनुभव यस ब्रान्डसँग जोडिएका छन् । यही कारणले अभियान नेपाली राइडरका लागि केवल पुरस्कार जित्ने अवसर नभई आफ्नै यात्रा सुनाउने मञ्च पनि बन्न सक्छ ।

सहभागिताका लागि राइडरले पल्सरसँग जोडिएको आफ्नो अनुभव सार्वजनिक गर्नुपर्नेछ । सामग्री राख्दा अभियानका तोकिएका ह्यासट्याग प्रयोग गर्नुका साथै पल्सरको विश्वव्यापी र नेपालस्थित आधिकारिक सामाजिक सञ्जाल खातालाई ट्याग गर्नुपर्नेछ ।

अभियान सेप्टेम्बर ४, २०२६ सम्म सञ्चालन हुनेछ । विस्तृत नियम तथा सहभागिताको जानकारी एचएच बजाज नेपालको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल पृष्ठबाट लिन सकिने कम्पनीले जनाएको छ ।

footer