Newad1
Featured blog image

पोखरामा कात्तिक १४ गते पल्सर आरपीएम, प्रवेश निःशुल्क

काठमाडौँ । पोखरामा कात्तिक १४ गते मोटरसाइकल स्टन्ट, बीएमएक्स र स्केटबोर्डिङसहितको ‘पल्सर आरपीएम’ आयोजना हुने भएको छ । पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा हुने कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ । कार्यक्रम दिउँसो १२ बजे सुरु हुनेछ भने मुख्य गतिविधि दिउँसो साढे २ बजेदेखि सञ्चालन हुनेछन् ।

कार्यक्रममा पल्सर एन१६० मोटरसाइकलबाट स्टन्ट प्रदर्शन गरिनेछ । मोटरसाइकल स्टन्टसँगै बीएमएक्स साइकलका खेलकौशल, स्केटबोर्डिङ, ब्रेकिङ नृत्य र शरीरको तौल प्रयोग गरेर गरिने कसरत अर्थात् क्यालिस्थेनिक्सका गतिविधि समावेश हुनेछन् । स्केटबोर्डिङसँग सम्बन्धित ‘गेम अफ स्केट’ पनि कार्यक्रमको हिस्सा रहनेछ ।

दर्शकले खेलकौशल हेर्नुका साथै मोटरसाइकल अवलोकन गर्ने अवसर पनि पाउनेछन् । आयोजकका अनुसार पल्सर एन१६० र एनएस२०० प्रदर्शनीमा राख्ने तथा परीक्षण राइडको व्यवस्था गर्ने योजना छ ।

खेल गतिविधिबाहेक स्थानीय डिजेले संगीत प्रस्तुत गर्नेछन् भने ग्राफिटी कलाकारको प्रस्तुति पनि रहनेछ । कार्यक्रमस्थलमा पप–अप स्टोर तथा खाना र कफीका स्टल राखिनेछन् । यसरी मोटरसाइकल, खेल, संगीत र कलासँग सम्बन्धित गतिविधिलाई एउटै स्थानमा समेट्ने तयारी गरिएको छ ।

यसअघि काठमाडौं र बुटवलमा पल्सर आरपीएम आयोजना भइसकेको छ । आयोजकका अनुसार बुटवलको कार्यक्रममा करिब २ हजार ५०० जना सहभागी भएका थिए । पोखरा संस्करणमा पनि स्थानीय खेलाडी, कलाकार तथा विभिन्न सिर्जनात्मक गतिविधिमा सक्रिय युवालाई सहभागी गराउने उद्देश्य राखिएको छ ।

स्थानीय प्रतिभाले आफ्नो सीप प्रदर्शन गर्ने अवसर पाऊन् र खेल, कला तथा संगीतमा सक्रिय समुदायबीच सम्पर्क विस्तार होस् भन्ने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ । पोखरा तथा आसपासका इच्छुक दर्शकलाई कार्यक्रममा सहभागी हुन आमन्त्रण गरिएको छ ।

footer