Newad1
Featured blog image

एसटिसी अटो सोलुसनको नेटवर्क विस्तार, मलंगवामा एम्पियरको नयाँ डिलर सञ्चालनमा

मलंगवा । भारतको अग्रणी विद्युतीय स्कुटर ब्रान्डमध्ये एक एम्पियर इलेक्ट्रिक ले नेपालमा आफ्नो बजार विस्तारलाई थप गति दिएको छ । कम्पनीले सर्लाहीको मलंगवामा आधिकारिक बिक्री तथा सर्भिस सेवा सुरु गर्दै स्थानीय ग्राहकलाई एउटै स्थानबाट विद्युतीय स्कुटर खरिददेखि बिक्रीपछिको सेवा उपलब्ध गराउने व्यवस्था गरेको हो ।

नेपालका लागि एम्पियर इलेक्ट्रिकको आधिकारिक वितरक एसटिसी अटो सोलुसन ले मलंगवाको राजश्री चोकस्थित बी. एम. ईभी हब लाई आधिकारिक बिक्री तथा सर्भिस डिलर नियुक्त गरेको छ । नयाँ सोरुममार्फत ग्राहकले स्कुटर अवलोकन, टेस्ट राइड, खरिद तथा नियमित मर्मतसम्भारलगायत सम्पूर्ण सेवा सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

एम्पियर इलेक्ट्रिकले पछिल्लो समय नेपालभर आफ्नो डिलर सञ्जाल विस्तारलाई प्राथमिकतामा राख्दै आएको छ । देशका विभिन्न सहरमा बिक्री तथा सर्भिस केन्द्र विस्तार गर्दै विश्वसनीय विद्युतीय आवागमनलाई आम उपभोक्तासम्म पुर्‍याउने लक्ष्य कम्पनीको रहेको बताइएको छ । एसटिसी अटो सोलुसनसँगको सहकार्यमार्फत गुणस्तरीय उत्पादन, भरपर्दो बिक्रीपछिको सेवा तथा उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने कम्पनीको योजना छ ।

एम्पियर इलेक्ट्रिक भारतको प्रतिष्ठित ग्रिभ्स इलेक्ट्रिक मोबिलिटी अन्तर्गतको प्रिमियम विद्युतीय दुईपांग्रे ब्रान्ड हो । कम्पनीले नवप्रवर्तन, गुणस्तर र उत्कृष्ट प्रदर्शनका आधारमा ‘इलेक्ट्रिक स्कुटर अफ द इयर’ लगायत विभिन्न प्रतिष्ठित औद्योगिक सम्मान प्राप्त गरिसकेको छ । एक दशकभन्दा बढी समयदेखि विद्युतीय सवारी उत्पादन गर्दै आएको ग्रिभ्सले आधुनिक प्रविधि र उन्नत इन्जिनियरिङको संयोजनमार्फत भरपर्दो तथा आकर्षक स्कुटर उत्पादन गर्दै आएको दाबी गरेको छ ।


एम्पियरका स्कुटरमा प्रयोग गरिएका लिथियम फेरो फस्फेट (एलएफपी) ब्याट्री उच्च सुरक्षासहित लामो आयुका लागि परिचित छन् । कम्पनीका अनुसार यी ब्याट्रीलाई माइनस ४० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएको छ । साथै ब्याट्रीमा ७५ हजार किलोमिटर वा पाँच वर्षसम्मको वारेन्टी उपलब्ध गराइने भएकाले ग्राहकले दीर्घकालीन विश्वसनीयता प्राप्त गर्ने विश्वास कम्पनीको छ ।

मलंगवास्थित नयाँ सोरुममा हाल एम्पियरका तीन मोडल उपलब्ध छन् । एम्पियर नेक्सस एक्स को मूल्य ३ लाख ३५ हजार रुपैयाँ, एम्पियर नेक्सस एक्स प्लस को मूल्य ३ लाख ४५ हजार रुपैयाँ तथा एम्पियर म्याग्नस जी म्याक्स को मूल्य ३ लाख १५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।


कम्पनीका अनुसार मलंगवामा बिक्री तथा सर्भिस सेवा विस्तारसँगै स्थानीय ग्राहकले गुणस्तरीय विद्युतीय स्कुटर सहज रूपमा खरिद गर्न सक्नेछन् । यस विस्तारले सर्लाहीसहित मधेश क्षेत्रका उपभोक्तालाई विद्युतीय सवारीतर्फ आकर्षित गर्दै दिगो तथा वातावरणमैत्री यातायात प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

footer