नयाँ ग्रिल र कालो अलोय ह्विलसहित फर्चुनर अपडेट
काठमाडौं । टोयोटा किर्लोस्कर मोटरले फर्चुनरको नयाँ लिडर एडिसन भारतीय बजारमा लन्च गरेको छ । अक्टोबर ९ मा घोषणा गरिएको यो संस्करणमा बाहिरी डिजाइनसँगै क्याबिनको फिनिसिङ र सुविधामा परिवर्तन गरिएको छ ।
फोर बाई टु ड्राइभ प्रणालीमा उपलब्ध
लिडर एडिसनको म्यानुअल भेरियन्टलाई ३६ लाख ५१ हजार र अटोमेटिकलाई ३८ लाख ७२ हजार
भारतीय रुपैयाँ तोकिएको छ । यी भारतीय एक्स–शोरुम मूल्य हुन् । यसको बुकिङ अक्टोबर
१२ देखि टोयोटाको वेबसाइट तथा डिलरमार्फत खुल्नेछ ।
नयाँ संस्करणमा फरक डिजाइनको फ्रन्ट
ग्रिल, ग्लस ब्ल्याक अलोय ह्विल र कालो रूफ दिइएको छ । पछाडिको ढोकाको गार्निस तथा
एन्टेनामा पनि कालो फिनिसिङ प्रयोग गरिएको छ । बडी साइड मोल्डिङ र बोनटमा विशेष
एम्ब्लेम थपिएका छन् ।
क्याबिनमा कालो र मरुन रङको सिट
अपहोल्स्ट्री तथा सोही रङ संयोजनको डोर ट्रिम राखिएको छ । एम्बियन्ट लाइटिङ र
ढोकाको प्रवेश भागमा बत्ती बल्ने स्कफ प्लेटले इन्टेरियरमा थप परिवर्तन ल्याएका
छन् । सुविधातर्फ स्वतः फोल्ड हुने बाहिरी मिरर र टायरको हावाको चाप निगरानी गर्ने
प्रणाली समावेश छन् ।
लिडर एडिसन सुपर ह्वाइट, प्लाटिनम ह्वाइट पर्ल र एटिट्युड ब्ल्याक गरी तीन रङमा उपलब्ध हुनेछ । कम्पनीले यस संस्करणका लागि फोर बाई टु म्यानुअल र अटोमेटिक विकल्प घोषणा गरेको छ । आधिकारिक घोषणामा नेपालमा उपलब्ध हुने समय वा मूल्यबारे विवरण दिइएको छैन ।