टीभीएस एनटर्कको बिक्री २५ लाख नाघ्यो
काठमाडौं । टीभीएसको एनटर्क स्कुटर परिवारले भारतीय बजारमा २५ लाख युनिट बिक्रीको आँकडा पार गरेको छ । एनटर्क १२५ र १५० को संयुक्त होलसेल बिक्री अगस्ट २०२६ सम्ममा २५ लाख ३ हजार ८२९ युनिट पुगेको जनाएको छ । यो कारखानाबाट डिलरलाई पठाइएका स्कुटरको संख्या हो ।
अगस्टमा मात्रै टीभीएसले ४० हजार
२५६ एनटर्क स्कुटर डिस्प्याच गरेको थियो । यसमध्ये एनटर्क १२५ को संख्या २८ हजार
२९८ र एनटर्क १५० को ११ हजार ९५८ युनिट थियो ।
सन् २०१८ को फेब्रुअरीमा आएको
एनटर्क १२५ बाट सुरु भएको यो स्कुटर परिवारमा सन् २०२५ को सेप्टेम्बरमा एनटर्क १५०
थपिएको हो । सुरुवातदेखि १० लाख बिक्री पुग्न ५१ महिना लागेको एनटर्कले पछिल्लो ५
लाख युनिट भने १५ महिनामै थपेको छ ।
यो उपलब्धिसँगै एनटर्क, जुपिटरपछि टीभीएसको दोस्रो सर्वाधिक बिक्री हुने स्कुटर परिवार बनेको छ । अप्रिलदेखि अगस्ट २०२६ सम्म दुवै मोडलको संयुक्त बिक्री १ लाख ८४ हजार ४७५ युनिट पुगेको थियो, जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ४२ प्रतिशत बढी हो ।