एक महिनामा टीभीएसका ७१ हजारभन्दा बढी इलेक्ट्रिक दुईपाङ्ग्रे बिक्री
काठमाडौँ । भारतीय सवारी निर्माता टीभीएस मोटरको इलेक्ट्रिक दुईपाङ्ग्रे बिक्री सन् २०२६ को अक्टोबरमा ७१ हजार ३८२ पुगेको छ । यो अघिल्लो वर्षको सोही महिनाभन्दा १२० प्रतिशत बढी हो ।
गत वर्षको अक्टोबरमा कम्पनीले ३२ हजार
३८७ इलेक्ट्रिक दुईपाङ्ग्रे बिक्री गरेको थियो । कम्पनीको मासिक विवरणमा उल्लेख
गरिएका यी संख्या बजारमा पठाइएका सवारीको थोक बिक्रीका हुन् ।
अक्टोबरमा टीभीएसको कुल दुईपाङ्ग्रे
बिक्री २८ प्रतिशत बढेर ६ लाख ७० हजार ६७९ पुगेको छ । यसमध्ये भारतीय बजारमा ५ लाख
१४ हजार ७६४ दुईपाङ्ग्रे बिक्री भएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाभन्दा २२
प्रतिशत बढी हो ।
दुईपाङ्ग्रे र तीनपाङ्ग्रे जोड्दा
कम्पनीको कुल बिक्री ७ लाख १३४ पुगेको छ । गत वर्षको अक्टोबरमा ५ लाख ४३ हजार ५५७
सवारी बिक्री गरेको कम्पनीले यसपटक २९ प्रतिशत वृद्धि हासिल गरेको हो ।
तीनपाङ्ग्रे बिक्री पनि ६० प्रतिशत बढेर २९ हजार ४५५ पुगेको छ ।
कम्पनीको कुल निर्यात ५१ प्रतिशत बढेर
१ लाख ७५ हजार ३५० पुगेको छ । यसमध्ये दुईपाङ्ग्रे निर्यात १ लाख ५५ हजार ९१५ छ ।