पटायामा जुटे भिडोल र नेपाल गोल्डका डिलर, बजारका अवसरबारे छलफल
काठमाडौं । युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिज प्रा. लि.ले थाइल्याण्डको पटायामा आयोजित ‘युनाइटेड डिलर्स समिट २०८३’ मा नयाँ लुब्रिकेन्ट उत्पादन तथा डिजेल एक्जस्ट फ्लुइड सार्वजनिक गरेको छ । सेप्टेम्बर २१ देखि २५, २०२६ सम्म द होलिडे रिसोर्ट, पटायामा भएको कार्यक्रममा उत्कृष्ट डिलर तथा कार्यसम्पादन गर्ने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो ।
समिटका अवसरमा बाइक तथा स्कुटरका लागि
नयाँ इन्जिन आयल, स्कुटर गियर आयल र चेन ल्युबका साथै डिजेल एक्जस्ट फ्लुइड
(डीईएफ) सार्वजनिक गरिएको हो । ग्राहकको बदलिँदो आवश्यकता र बजारको मागअनुसार
उत्पादन पोर्टफोलियो विस्तार गर्ने क्रममा यी उत्पादन ल्याइएको कम्पनीले जनाएको छ
।
कार्यक्रममा भिडोल र नेपाल गोल्ड
लुब्रिकेन्ट ब्रान्डका विभिन्न क्षेत्रका डिलर तथा कम्पनीका प्रतिनिधिहरू सहभागी
थिए । कम्पनी, डिलर र व्यावसायिक साझेदारबीचको सम्बन्ध सुदृढ बनाउने, उत्कृष्ट
कार्यसम्पादनलाई सम्मान गर्ने तथा नयाँ उत्पादन सार्वजनिक गर्ने उद्देश्यले समिट
आयोजना गरिएको थियो ।
सहभागीहरूले व्यावसायिक अनुभव
आदानप्रदान गर्नुका साथै बजारका अवसर, व्यवसाय विस्तारका सम्भावना र आगामी
सहकार्यबारे छलफल तथा अन्तरक्रिया गरेका थिए । अवार्ड समारोहमा भिडोल र नेपाल
गोल्डका उत्कृष्ट डिलर तथा व्यवसायमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई
सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।
व्यावसायिक छलफलसँगै मनोरञ्जनात्मक
तथा सहभागितामूलक गतिविधि पनि सञ्चालन गरिएको थियो । कम्पनीका अनुसार, यी
गतिविधिले डिलर र कम्पनीबीचको सम्बन्धलाई थप आत्मीय बनाउन सहयोग पुर्याएका छन् ।
युनाइटेड लुब्रिकेन्ट्स इन्डस्ट्रिजका डेपुटी जनरल म्यानेजर दिनेश खनालले समिट सफल, फलदायी र ऊर्जावान रहेको बताए । उनका अनुसार, कार्यक्रमले कम्पनी, डिलर र व्यावसायिक साझेदारबीचको सहकार्य तथा विश्वास बलियो बनाउँदै आगामी व्यावसायिक विकास र नयाँ अवसरका लागि उत्साह प्रदान गरेको छ ।