Newad1
Featured blog image

सहरी यात्रामा इटालियन शैली, भेस्पाले थप्यो १५० सिसीको विकल्प

काठमाडौं । नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नयाँ भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी स्कुटर सार्वजनिक गरेको छ । असोज २६ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको शोरुममा आयोजित कार्यक्रममा नयाँ मोडल नेपाली बजारमा ल्याइएको हो ।

१५० सिसी क्षमताको यो स्कुटरमा भेस्पाको परिचित इटालियन डिजाइन र विशिष्ट बनावटलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ । मौलिक शैलीसँगै दैनिक यात्राका लागि थप पावर चाहने ग्राहकलाई लक्षित गरेर नयाँ मोडल ल्याइएको वितरकको भनाइ छ ।

डेल्टा अटोकर्पका निर्देशक केतन भिमसारियाले भेस्पाको स्थापित डिजाइन र शैली कायम राख्दै नेपाली ग्राहकलाई थप शक्तिशाली विकल्प उपलब्ध गराउने उद्देश्य रहेको बताए । उनका अनुसार नयाँ मोडलमा ब्रान्डको मौलिक पहिचान र राइडिङ अनुभवलाई एकसाथ प्राथमिकता दिइएको छ ।

कार्यक्रममा कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय महतोले नेपालको भौगोलिक बनावट र सहरी यात्राको आवश्यकतालाई ध्यानमा राखेर स्कुटर ल्याइएको बताए । इटालियन डिजाइनसँगै प्रविधि, आराम र पर्फर्मेन्स खोज्ने ग्राहकलाई नयाँ भेस्पाले सम्बोधन गर्ने उनको भनाइ थियो ।

नयाँ मोडल सार्वजनिक भएसँगै नेपाली बजारमा भेस्पाका स्कुटरको विकल्प थपिएको छ । कम्पनीले यसको बिक्री तथा सेवाका लागि देशभरको आधिकारिक सञ्जालमार्फत ग्राहकलाई सहयोग उपलब्ध गराउने जनाएको छ । सार्वजनिक कार्यक्रममा आमन्त्रित अतिथि, शुभचिन्तक तथा भेस्पाका पारखी सहभागी थिए ।

नयाँ भेस्पाको विशेषता, उपलब्धता तथा खरिदसम्बन्धी थप जानकारी आधिकारिक शोरुमबाट लिन सकिने कम्पनीले जनाएको छ ।

footer