Newad1
Featured blog image

किन रोज्ने केज ब्याट्री ? यस्ता छन् आधुनिक प्रविधिका मुख्य विशेषता

बिहान अफिस पुग्ने हतार होस् वा लामो यात्राको तयारी, मोटरसाइकल वा स्कुटरले पहिलो प्रयासमै स्टार्ट लिनु प्रत्येक चालकको अपेक्षा हुन्छ । तर, धेरैजसो अवस्थामा बीच बाटोमा हुने झन्झटको कारण इन्जिन होइन, कमजोर वा अनुपयुक्त ब्याट्री हुन्छ । त्यसैले अहिले दुईपाङ्ग्रे सवारी खरिद गर्दा इन्जिन, माइलेज वा डिजाइनसँगै ब्याट्रीको गुणस्तर र प्रविधिलाई पनि उत्तिकै महत्व दिन थालिएको छ ।


यही बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै विश्व बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको चिनियाँ ब्याट्री निर्माता केज ले आधुनिक प्रविधिमा आधारित मोटरसाइकल तथा स्कुटर ब्याट्री उत्पादन गर्दै आएको छ । नेपालमा यसको आधिकारिक आयात तथा वितरण सत्यदीप इन्टरनेशनल ले गर्दै आएको छ । हाल नेपाली बजारमा एमएफ, एसडब्लू र ग्रिन जेल प्रविधिमा आधारित ब्याट्री उपलब्ध छन्, जुन नेपालमा सञ्चालनमा रहेका अधिकांश मोटरसाइकल तथा स्कुटरका लागि उपयुक्त रहेको कम्पनीले जनाएको छ ।

सन् १९९६ मा चीनको ग्वाङ्झाउबाट स्थापना भएको केज अहिले विश्वका अग्रणी मोटरसाइकल ब्याट्री उत्पादकमध्ये एक मानिन्छ । कम्पनीले तीन उत्पादन केन्द्रमार्फत वार्षिक ठूलो परिमाणमा ब्याट्री उत्पादन गर्दै १०० भन्दा बढी देशमा निर्यात गरिरहेको जनाएको छ । अनुसन्धान, उत्पादन प्रविधि र गुणस्तर नियन्त्रणमा निरन्तर लगानी गर्दै आएको कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तर मापदण्डअनुसार उत्पादन प्रक्रिया अपनाउँदै आएको दाबी गरेको छ ।

दुई दशकभन्दा लामो अनुभव भएको सत्यदीप इन्टरनेशनल

नेपालमा केज ब्याट्रीको आधिकारिक वितरक सत्यदीप इन्टरनेशनल दुई दशकभन्दा लामो समयदेखि अटोमोबाइल क्षेत्रमा सक्रिय कम्पनी हो । कम्पनीले दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा व्यावसायिक सवारीका स्पेयर पाट्र्स आयात, बिक्री र वितरण गर्दै देशभर बलियो सञ्जाल विस्तार गरेको छ । स्वतन्त्र डिलर, अटो पाट्र्स स्टोर र व्यावसायिक सर्भिस सेन्टरमार्फत कम्पनीले हजारौं ग्राहकसम्म विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन नियमित रूपमा पुर्याउँदै आएको छ ।

सत्यदीप इन्टरनेशनलले विश्व बजारमा प्रतिष्ठा कमाएका अटोमोबाइल ब्रान्डका उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । यसको पोर्टफोलियोमा युनो मिन्डा, बोस्च, भालिओ, एमके लाइड, जेडएफ, क्यामेल, हेला, कम्पो, डीआईडी, फिएम, सन्धार, क्वानसिङ लगायतका विश्वसनीय अटोमोटिभ ब्रान्ड रहेका छन् । केज ब्याट्री पनि त्यही विश्वसनीय ब्रान्डहरूको सूचीमा थपिएको कम्पनीको विश्वास छ ।

एमएफ सिरिज: मर्मतसम्भारको झन्झट कम

नेपालमा सबैभन्दा लोकप्रिय विकल्पमध्ये एमएफ (मेन्टेनेन्स फ्रि) सिरिज पनि एक हो । एजीएम (एब्जोर्बेन्ट ग्लास म्याट) प्रविधिमा आधारित यी ब्याट्रीहरू फ्याक्ट्रीमै सक्रिय अवस्थामा तयार गरिने भएकाले एसिड हाल्ने वा नियमित मर्मतसम्भार गर्नुपर्ने आवश्यकता पर्दैन ।

पूर्ण रूपमा सिल्ड संरचना, चुहावटको न्यून जोखिम, उच्च कम्पन सहने क्षमता, छिटो स्टार्ट र लामो सेवा आयु यसका प्रमुख विशेषता हुन् । दैनिक प्रयोग हुने मोटरसाइकल तथा स्कुटरदेखि उच्च क्षमता भएका दुईपाङ्ग्रे सवारीसम्मका लागि यो सिरिज उपयुक्त रहेको कम्पनीको भनाइ छ ।


एसडब्लू सिरिज: मजबुत जडान, स्थिर कार्यसम्पादन

एसडब्लू (स्मुथ वेल्डिङ) सिरिजमा प्रयोग गरिएको विशेष वेल्डिङ प्रविधिले ब्याट्रीको आन्तरिक जडानलाई थप मजबुत बनाउने कम्पनीको दाबी छ ।

यसले विद्युत् प्रवाहलाई स्थिर राख्ने, सर्ट सर्किटको सम्भावना घटाउने, डिस्चार्ज क्षमता सुधार गर्ने तथा ब्याट्रीको सेवा आयु बढाउन सहयोग पुर्याउने बताइएको छ । नियमित दैनिक प्रयोग हुने मोटरसाइकल तथा स्कुटरका लागि यो सिरिज प्रभावकारी विकल्प मानिन्छ ।

ग्रिन जेल: प्रिमियम नानो जेल प्रविधि

केजको सबैभन्दा आधुनिक ब्याट्रीमध्ये ग्रिन जेल सिरिज पनि नेपालमा उपलब्ध छ । यसमा प्रयोग गरिएको नानो जेल प्रविधि मार्फत इलेक्ट्रोलाइटलाई जेल स्वरूपमा रूपान्तरण गरिएको हुन्छ ।

कम्पनीका अनुसार यसले ब्याट्रीको क्षमता बढाउने, आन्तरिक प्रतिरोध घटाउने, परम्परागत लेड–एसिड ब्याट्रीको तुलनामा लामो सेवा आयु प्रदान गर्ने तथा उच्च तापक्रममा पनि स्थिर कार्यसम्पादन दिने क्षमता राख्छ । पूर्ण रूपमा सिल्ड संरचनाका कारण एसिड चुहावटको जोखिम पनि निकै कम हुने बताइएको छ ।


विश्व बजारका लागि फराकिलो उत्पादन दायरा

नेपालमा हाल एमएफ, एसडब्लू र ग्रिन जेल सिरिज उपलब्ध भए पनि केजले विश्व बजारका लागि केजीएक्स, ड्राई तथा लिथियम सिरिजका मोटरसाइकल ब्याट्री पनि उत्पादन गर्दै आएको छ । यसका अतिरिक्त कम्पनीले कार तथा ट्रकका ब्याट्री, भीआरएलए ब्याट्री, ऊर्जा भण्डारण प्रणाली, विद्युतीय सवारीका ब्याट्री प्याक र विभिन्न ब्याट्री एक्सेसरीजसमेत उत्पादन गर्दै आएको जनाएको छ ।

विश्वव्यापी अनुभव, आधुनिक उत्पादन प्रविधि र नेपालभर फैलिएको सत्यदीप इन्टरनेशनलको वितरण सञ्जालसँगै केजका ब्याट्री अहिले नेपाली दुईपाङ्ग्रे प्रयोगकर्ताका लागि भरपर्दो विकल्पका रूपमा स्थापित हुँदै गएका छन् । विशेषगरी मर्मतसम्भार कम, स्थिर कार्यसम्पादन र लामो सेवा आयु खोज्ने मोटरसाइकल तथा स्कुटर प्रयोगकर्ताका लागि एमएफ, एसडब्लू र ग्रिन जेल सिरिज उपयुक्त विकल्प बन्न सक्ने कम्पनीको विश्वास छ ।



footer