Newad1
Featured blog image

यामाहाको ‘चङ्गा चेट’ दसैँ राइडमा चार रुटका ९५ राइडर सहभागी

काठमाडौं । यामाहा नेपालको राइडिङ समुदाय ब्लु स्ट्रिक्सले दसैँको अवसरमा आयोजना गरेको ‘चङ्गा चेट’ फेस्टिभ राइडमा ९५ जना राइडर सहभागी भएका छन् । पूर्वी नेपाल, चितवन, मकवानपुर र काठमाडौं उपत्यकाका चार रुटमा कार्यक्रम गरिएको यामाहा नेपालले जनाएको छ ।

कम्पनीले अक्टोबर ११ मा जारी गरेको विज्ञप्तिअनुसार धरानदेखि भेडेटार फार्म भिलेजसम्मको राइडमा २० जना र चितवनदेखि मायाटारसम्मको राइडमा २५ जना सहभागी थिए । हेटौँडादेखि मकवानपुरगढीसम्म २० जना तथा काठमाडौंको बुढानीलकण्ठसम्मको राइडमा ३० जनाको सहभागिता थियो ।

दसैँको अवसरमा राइडरलाई एकसाथ यात्रा गर्ने र विभिन्न गन्तव्य अवलोकन गर्ने अवसर दिन कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । ब्लु स्ट्रिक्सले राइडिङमा रुचि राख्ने सदस्यलाई सामूहिक यात्रामार्फत जोड्दै आएको छ ।

एमएडब्ल्यूका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले विभिन्न रुटका राइडरलाई जोडेर दसैँको खुसी र आपसी एकताको भावना बाँड्ने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

footer