Newad1
Featured blog image

निसानको नयाँ एसयूभी टेकटन नेपालमा, मूल्य ५१ लाख २९ हजार

काठमाडौं । विद्युतीय गाडीको बाक्लो उपस्थितिबीच परम्परागत इन्जिन, अग्लो बनोट र पारिवारिक प्रयोग सुहाउँदो क्याबिन खोज्ने ग्राहकका लागि नेपाली बजारमा अर्को नयाँ विकल्प थपिएको छ । बोल्ड बाहिरी स्वरूप र आधुनिक सुविधाको संयोजन बोकेको यो गाडीले मध्यम आकारका एसयूभीबीचको प्रतिस्पर्धालाई अझ रोचक बनाउने देखिएको छ ।

निसानले नाइमा मोबिलिटी एक्स्पोमार्फत नयाँ एसयूभी टेकटन नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले यसको मूल्य ५१ लाख २९ हजार रुपैयाँ तोकेको छ ।

नेपालमा निसानको आधिकारिक विक्रेताले टेकटनलाई आफ्नो उत्पादन शृङ्खला विस्तार गर्ने महत्त्वपूर्ण मोडलका रूपमा अगाडि सारेको छ । म्याग्नाइटभन्दा ठूलो आकार र फरक बजार लक्षित गरेर ल्याइएको टेकटनले निसानलाई मध्यम आकारको एसयूभी समूहमा बलियो उपस्थितिको अवसर दिने अपेक्षा गरिएको छ ।

footer