‘ग्यारेज चौतारी’ अभियानमार्फत लक्ष्मी ल्युब आयलले देशभरका ग्यारेज समुदायसँग सम्बन्ध बलियो बनाउँदै
काठमाडौं । समयसँगै सडक पूर्वाधार र सवारीसाधनमा आधुनिक प्रविधिको विकास भए पनि मानिसहरूलाई एकै ठाउँमा जोड्ने संस्कृतिको महत्व भने उस्तै रहेको छ। यही भावनालाई आत्मसात गर्दै लक्ष्मी ल्युब आयल प्रालि ले देशभर ‘ग्यारेज चौतारी’ अभियान सञ्चालन गरिरहेको छ ।
नेपालको परम्परागत पीपल चौतारीबाट प्रेरित यो अभियानले ग्यारेज सञ्चालक, मेकानिक तथा अटोमोबाइल क्षेत्रमा आबद्ध व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याई अनुभव आदानप्रदान, प्राविधिक ज्ञान साझेदारी तथा आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेको कम्पनीले जनाएको छ ।
यस अभियानअन्तर्गत गत मे महिनामा जनकपुरस्थित ओम अटो पार्ट, बुटवलको विजय अटो वर्कसप, टिकापुरको सेती मोटरसाइकल वर्कसप, पोखराका निहाल अटो इन्जिनियरिङ र थ्री ब्रदर्स अटो इन्जिनियरिङ वर्कसप, साथै काठमाडौंको प्रकाश न्यू जेनेरेसन मा ‘ग्यारेज चौतारी’ कार्यक्रम सम्पन्न गरिएको थियो ।
त्यसैगरी जुन महिनामा पोखरा–८ नयाँबजारस्थित क्रिस्टिना एस अटो पार्ट्स, नुवाकोटको पञ्चकन्या स्पेयर पार्ट्स, काठमाडौंको पुतलीसडकस्थित पीएम अटो मोबाइल्स तथा पोखराको अमरसिंह चोकस्थित एडभान्स अटो वर्कसप मा पनि कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
हालसम्म नेपालका विभिन्न स्थानमा १० भन्दा बढी ‘ग्यारेज चौतारी’ कार्यक्रम सम्पन्न भइसकेका छन्। कार्यक्रममार्फत ग्यारेज सञ्चालक र मेकानिकहरूलाई प्रत्यक्ष अन्तरक्रिया, प्राविधिक ज्ञान आदानप्रदान, व्यावसायिक अनुभव साझेदारी तथा व्यवसायिक सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरिएको छ ।
कम्पनीका अनुसार ‘ग्यारेज चौतारी’ केवल एक कार्यक्रम मात्र नभई नेपालको अटोमोबाइल इकोसिस्टमलाई एकआपसमा जोड्ने दीर्घकालीन सामुदायिक अभियान हो। आगामी दिनमा यस अभियानलाई देशभरका शहर, बजार तथा ग्रामीण क्षेत्रमा विस्तार गर्दै वर्षभर निरन्तर सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।
लक्ष्मी ल्युब आयल प्रालि नेपालमा टोटलएनर्जीज लुब्रिकेन्ट्स को आधिकारिक वितरक हो। कम्पनीले अटोमोबाइल, औद्योगिक, कृषि तथा व्यावसायिक यातायात क्षेत्रका ग्राहकलाई अन्तर्राष्ट्रियस्तरका लुब्रिकेन्ट्स उपलब्ध गराउँदै आएको छ। ‘ग्यारेज चौतारी’ जस्ता कार्यक्रममार्फत कम्पनीले आफ्ना ग्यारेज साझेदारसँगको सम्बन्ध अझ मजबुत बनाउँदै नेपालको अटोमोबाइल क्षेत्रको विकासमा योगदान पुर्याइरहेको जनाएको छ ।