बिवाइडीको २ अर्ब युरोको फ्ल्यास चार्जिङ क्रान्ति: ५ मिनेटमा ४०० किलोमिटर रेन्ज, युरोपको ईभी पूर्वाधारमा नयाँ अध्याय
काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता बिवाइडी ले युरोपमा करिब २ अर्ब युरो (करिब ३ खर्ब १६ अर्ब नेपाली रुपैयाँ) बराबरको लगानी गर्दै सन् २०२७ सम्म ३ हजार अल्ट्राफास्ट फ्ल्यास चार्जिङ स्टेशन निर्माण गर्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ। यो युरोपको ईभी इतिहासमा एकल कम्पनीद्वारा गरिएको सबैभन्दा ठूलो चार्जिङ पूर्वाधार लगानीमध्ये एक मानिएको छ।
जर्मनी र बेलायतबाट सुरु भयो विस्तार
बिवाइडीले आफ्नो फ्ल्यास चार्जिङ नेटवर्कको पहिलो चरणअन्तर्गत मे २०२६ मा जर्मनी र जुन २०२६ मा बेलायत मा पहिलो स्टेशन सञ्चालनमा ल्याइसकेको छ । कम्पनीकी एक्जिक्युटिभ भाइस प्रेसिडेन्ट स्टेला ली ले बेलायतमा आयोजित सार्वजनिक कार्यक्रममा यो प्रविधिलाई "ईभी अपनाउने प्रक्रियाको अन्तिम बाधा हटाउने समाधान" भएको बताएकी थिइन् ।
१.५ मेगावाट क्षमताको फ्ल्यास चार्जिङ प्रविधि
बिवाइडीको नयाँ
फ्ल्यास चार्जिङ स्टेशनले प्रति
कनेक्टर १,५०० किलोवाट (१.५ मेगावाट) सम्म विद्युत् आपूर्ति गर्न
सक्छ ।
तुलनात्मक रूपमा,
टेस्लाको नवीनतम भी–४ सुपरचार्जर करिब ५०० किलोवाट क्षमताको छ ।
बिवाइडीको फ्ल्यास चार्जिङ प्रणाली त्यसको तुलनामा तीन गुणा शक्तिशाली छ ।
अनुकूल अवस्थामै नयाँ पुस्ताका बिवाइडी ईभीले केवल ५ मिनेटमा करिब ४०० किलोमिटर रेन्ज थप्न सक्छन् भने १० प्रतिशतदेखि ९७ प्रतिशतसम्म ब्याट्री चार्ज गर्न केवल ९ मिनेट लाग्ने कम्पनीको दाबी छ।
ब्लेड ब्याट्री २.० सँगको संयोजन
यो
प्रविधि बिवाइडीको दोस्रो
पुस्ताको ब्लेड ब्याट्री २.० (एलएफपी प्रविधि) सँग मिलेर
काम
गर्छ ।
हाल
युरोपमा फ्ल्यास चार्जिङसँग पूर्ण
रूपमा
अनुकूल
हुने
एकमात्र मोडल
डेन्जा जेड–९ जीटी हो,
जसको
मूल्य
१ लाख १५ हजार युरो (करिब १ करोड ८२ लाख नेपाली रुपैयाँ) रहेको छ ।
कम्पनीले आगामी
वर्षहरूमा यो
प्रविधिलाई आफ्ना
अन्य
लोकप्रिय मोडलहरूमा पनि
विस्तार गर्ने
योजना
बनाएको
जनाएको
छ ।
३ हजार स्टेशनका लागि विशाल लगानी
फाइनान्सियल टाइम्स का
अनुसार
प्रत्येक फ्ल्यास चार्जिङ स्टेशन
निर्माण गर्न
करिब
५ लाख ८० हजार युरो (झन्डै ९ करोड १७ लाख नेपाली रुपैयाँ) खर्च हुने
अनुमान
गरिएको
छ । बेलायतमा मात्रै
सन्
२०२७
सम्म
३०० देखि ६०० स्टेशन स्थापना गर्ने
लक्ष्य
राखिएको छ।
त्यसैगरी बिवाइडीले सन् २०२६ को अन्त्यसम्म
चीनभित्र २० हजार स्टेशन
चीन बाहिर ६ हजार स्टेशन
सञ्चालनमा ल्याउने विश्वव्यापी योजना
अघि
बढाइरहेको छ ।
बिवाइडी बेलायत
प्रमुख
बोनो गे का
अनुसार
परियोजनाको मुख्य
चुनौती
प्रविधि नभई
स्थानीय निकायबाट आवश्यक
अनुमति
समयमै
प्राप्त गर्नु
हो ।
टेस्लासँग प्रत्यक्ष प्रतिस्पर्धा
टेस्लाले युरोपभरि हालसम्म २० हजारभन्दा बढी सुपरचार्जर स्टेशन सञ्चालनमा ल्याइसकेको छ ।
तर
बिवाइडीको रणनीति
केवल
धेरै
स्टेशन
बनाउने
नभई
अत्याधुनिक र अति द्रुत चार्जिङ प्रविधिमार्फत प्रतिस्पर्धामा अग्रता हासिल गर्ने रहेको
देखिन्छ ।
विश्वव्यापी बिक्रीमा समेत
बिवाइडीले टेस्लालाई उछिनेको दाबी
गरिएको
छ ।
कम्पनीले मे २०२६ मा मात्रै ३ लाख ८३ हजार ४ सय ५३ नयाँ ऊर्जा सवारीसाधन बिक्री
गरेको
जनाएको
छ ।
नेपालमा कस्तो प्रभाव पर्ला ?
युरोपमा बिवाइडीको यो ठूलो लगानीले नेपाली ईभी बजारमा पनि अप्रत्यक्ष प्रभाव पार्ने सम्भावना छ ।
विश्व बजारमा बिवाइडीको ब्रान्ड विश्वसनीयता अझ बलियो बन्दै जाँदा नेपालमा यसको माग बढ्न सक्छ । साथै आफ्टर–सेल्स सर्भिस नेटवर्क, चार्जिङ पूर्वाधार र सेवा विस्तारमा समेत थप लगानीको आवश्यकता पर्ने देखिन्छ ।
भविष्यमा फ्ल्यास चार्जिङ प्रविधि नेपालमा भित्रिएमा पहाडी
तथा
लामो
दूरीका
यात्रामा चार्जिङका लागि
घण्टौं
कुर्नुपर्ने अवस्था
अन्त्य
हुँदै
केही
मिनेटमै सवारी
पुनः
सञ्चालन गर्न
सकिने
भएकाले
नेपाली
ईभी
प्रयोगकर्ताले ठूलो
लाभ
लिन
सक्नेछन् ।