रोल्स–रोयसले अपडेटेड स्पेक्टर सिरिज–२ गर्‍यो सार्वजनिक

लक्जरी कार निर्माता रोल्स–रोयसले आफ्नो विद्युतीय कुपे स्पेक्टर सिरिज–२ सार्वजनिक गरेको छ । नयाँ संस्करणमा पावर आउटपुट बढाएर ५९२ बीएचपी र १,०१५ एनएम टर्क पुर्याइएको छ ।

कम्पनीका अनुसार यसको डब्लुएलटीपी (WLTP) रेन्ज ५३० किलोमिटरबाट बढेर ६२८ किलोमिटर पुगेको छ भने चार्जिङ समय पनि १४ प्रतिशतसम्म कम गरिएको छ । नयाँ स्पेक्टर सिरिज–२ मा २३ इन्चका फोर्ज्ड अलोय ह्विल, थप १२ रंग विकल्प तथा ८,१०८ Light Elements सहितको नयाँ इलुमिनेटेड फ्यासिया उपलब्ध छ ।

यसका साथै ग्राहकले अझ बढी Personalisation गर्न सक्ने गरी नयाँ सामग्री, ट्रिम र बेस्पोक विकल्पहरू थप गरिएको कम्पनीले जनाएको छ ।