Newad1
Featured blog image

भैंसेपाटीमा सिमेन्ट बोकेको ट्रक घरमा ठोक्कियो

काठमाडौं, असार १५ । हेटौंडाबाट काठमाडौं सिमेन्ट लोड गरेर आउँदै गरेको ना.प्र. ०३-००१ ख १५४२ नम्बरको टाटा ट्रक आज बिहान करिब ४ बजे ललितपुरको भैंसेपाटी–२५ नं. वडा कार्यालय अगाडिको एक घरमा अनियन्त्रित भई ठोक्किएको छ ।

स्थानीयवासीका अनुसार चालक निद्रामा रहेको कारण ट्रक अनियन्त्रित भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनामा घरको अगाडिको भागमा सामान्य क्षति पुगेको छ भने सोही घरमा सञ्चालनमा रहेको कस्मेटिक तथा सिलाइ पसलमा पनि क्षति पुगेको बताइएको छ ।

दुर्घटनापछि ट्रकमा रहेको सिमेन्ट अर्को मिनी ट्रकमा अनलोड गर्ने काम भइरहेको छ । घटनास्थलमा प्रहरी पुगिसकेको छ र दुर्घटनाको सत्य–तथ्यबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राति वा बिहान सबेरै लामो दूरीको सवारी चलाउँदा चालकले पर्याप्त आराम, सतर्कता र गति नियन्त्रणमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक छ । निद्रा लागेमा सवारी रोकी विश्राम गर्नु नै सुरक्षित विकल्प हो । एक क्षणको असावधानीले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

footer