Newad1
Featured blog image

नाडामा इटालियन शैलीका स्कुटर, अप्रिलिया र भेस्पाले ल्याए विशेष योजना

काठमाडौं । नयाँ स्कुटर रोज्ने तयारीमा रहेका ग्राहकका लागि नाडा अटो शोमा इटालियन शैलीका केही नयाँ विकल्प थपिएका छन् । आकर्षक रङ, फरक डिजाइन र प्रदर्शनी अवधिका लागि ल्याइएको विशेष योजनाले अप्रिलिया र भेस्पाको स्टललाई थप चर्चामा ल्याएको छ ।

नेपालका लागि अप्रिलिया र भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रालिले नाडा अटो शो २०२६ मा नयाँ मोडल प्रदर्शन गर्दै ‘द स्कुटरिङ एक्स्ट्राभ्यागान्जा’ योजना सार्वजनिक गरेको हो ।

योजनाअन्तर्गत अटो शो अवधिमा अप्रिलिया वा भेस्पा खरिद तथा बुकिङ गर्ने ग्राहकले २८ हजार ५ सय रुपैयाँसम्मको विशेष लाभ पाउनेछन् । यो सुविधा नगद, फाइनान्स र एक्सचेन्जमार्फत गरिने खरिदमा लागू हुने कम्पनीले जनाएको छ । खरिदकर्तालाई अप्रिलिया तथा भेस्पाको विशेष हेल्मेट ब्याग पनि उपलब्ध गराइनेछ ।

नयाँ भेस्पा एसएक्स १२५ जेट मुख्य आकर्षण

प्रदर्शनीमा नयाँ भेस्पा एसएक्स १२५ जेटलाई प्रमुख आकर्षणका रूपमा राखिएको छ । यससँगै सिल्भर रङको अप्रिलिया १२५ र ग्रे रङको अप्रिलिया एसआर १२५ पनि पहिलोपटक विशेष रूपमा प्रस्तुत गरिएको छ ।

स्टलमा अप्रिलिया स्टर्म १२५, एसआर १६० तथा एसआर १२५ लगायतका अन्य मोडल र रङका विकल्पसमेत अवलोकन गर्न सकिनेछ ।

अप्रिलियाले यसपटक आफ्नो स्टललाई इटालियन क्याफेबाट प्रेरित स्वरूप दिएको छ । स्कुटर प्रदर्शनसँगै ब्रान्डको इटालियन डिजाइन, जीवनशैली र प्रिमियम पहिचान झल्काउने गरी स्टल तयार पारिएको कम्पनीको भनाइ छ ।

डेल्टा अटोकर्पका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले नयाँ मोडल र विशेष योजनाले नेपाली ग्राहकलाई थप विकल्प दिने बताए । नयाँ भेस्पा एसएक्स १२५ जेट तथा अप्रिलियाका नयाँ रङले अटो शोमा आउने स्कुटरप्रेमीलाई फरक अनुभव दिने उनको भनाइ छ ।

अप्रिलिया र भेस्पाका मोडल तथा प्रदर्शनी अवधिको योजनाबारे विस्तृत जानकारी नाडा अटो शोको हल नम्बर ११ स्थित स्टल ‘एल’बाट लिन सकिनेछ ।

footer