बीएआईसी र आर्कफक्सको बिक्री सञ्जाल पोखरामा विस्तार
काठमाडौँ । बीएआईसी र यसको विद्युतीय सवारी ब्रान्ड आर्कफक्सको संयुक्त शोरुम पोखराको अमरसिंह चोकमा सञ्चालनमा आएको छ । नेपालका लागि दुवै ब्रान्डको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी मोटर हब प्रालिले पोखरा र गण्डकी प्रदेशका ग्राहकलाई लक्षित गर्दै शोरुम सञ्चालनमा ल्याएको हो ।
नयाँ शोरुमबाट ग्राहकले दुवै
ब्रान्डका गाडी अवलोकन तथा खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार गाडीको प्रविधि,
विशेषता र खरिद प्रक्रियाबारे जानकारी तथा परामर्श पनि उपलब्ध हुनेछ । शोरुममा
बीएआईसीको बीजे३०ई हाइब्रिड एसयूभी र आर्कफक्सको टी१ इलेक्ट्रिक कार उपलब्ध छन् ।
बीजे३०ईको मूल्य १ करोड २५ लाख ९६
हजार रुपैयाँ तोकिएको छ । फोर ह्विल ड्राइभ प्रणाली भएको यो एसयूभीको पावरट्रेनले
६८५ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । यसले शून्यदेखि १०० किलोमिटर
प्रतिघण्टाको गति ६.९ सेकेन्डमा हासिल गर्ने र प्रतिलिटर २० किलोमिटर माइलेज दिने
कम्पनीको दाबी छ । यसमा हिउँ, बालुवा, हिलो र पानी भएका बाटोका लागि छुट्टाछुट्टै
ड्राइभिङ मोड दिइएको छ ।
आर्कफक्स टी१ को एलभी३ भेरियन्टको
मूल्य ३७ लाख ९६ हजार रुपैयाँ छ । यसमा ७० किलोवाटको मोटर र ४२.३ किलोवाट आवर
क्षमताको ब्याट्री जडान गरिएको छ । एकपटकको चार्जमा ३१० किलोमिटरसम्म रेन्ज दिने
कम्पनीको दाबी छ । सीएएलबीको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको यो कारमा
इको, स्पोर्ट्स, कम्फर्ट र पर्सनलाइज्ड ड्राइभिङ मोड छन् ।
उद्घाटन कार्यक्रममा लक्ष्मी
ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले नयाँ शोरुमले गण्डकी प्रदेशका ग्राहकलाई
दुवै ब्रान्डका सवारी र प्रविधिसम्म पहुँच बढाउने बताए । कार्यकारी निर्देशक सुनिल
श्रेष्ठले पोखराका ग्राहकलाई गाडी खरिद र बिक्रीपछिको सेवा एउटै स्थानबाट उपलब्ध
गराउने उद्देश्य रहेको उल्लेख गरे ।