Newad1
Featured blog image

पृथ्वी राजमार्गमा पुनः अवरोध, पहिरो हटाउन मेसिन परिचालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा सोमबार, कात्तिक २३ बिहान फेरि सुक्खा पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको छ । तिहारको समयमा मुग्लिन हुँदै काठमाडौँ आउने र बाहिरिने सवारीको आवागमन प्रभावित भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान करिब ५ बजे सडकमाथिबाट पहिरो खसेर बाटो बन्द भएको हो । पहिरो हटाउन मेसिन परिचालन गरिएको नागढुंगा–मुग्लिन सडक योजना पश्चिम खण्डले जनाएको छ । सोमबार बिहान प्रकाशित विवरणमा पहिरो पन्छाउने काम भइरहेको उल्लेख छ ।

यही स्थानमा आइतबार, कात्तिक २२ मा पनि सुक्खा पहिरोले सडक अवरुद्ध भएको थियो । त्यस दिन दिउँसो १२ बजेदेखि एकतर्फी र २:१५ बजेदेखि दुईतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो । सोमबार पुनः पहिरो खसेपछि उक्त खण्डमा आवागमन रोकिएको हो । 

footer