Newad1
Featured blog image

‘शो योर पावर’ चुनौतीसहित बजाजको दशैं अभियान सुरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले दशैंलक्षित ‘बजाज गेम अफ पावर–खेल्ने हो?’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकले १ लाख रुपैयाँसम्मको पुरस्कार जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अभियानमा स्मार्टवाच, हस्ताक्षरयुक्त सामग्री तथा बजाजका विशेष उपहार पनि राखिएका छन् । छनोट भएका विजेताले रविन्द्र धन्त, सीआर७ होरा अर्थात् सञ्जन गौतम र दीपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर पाउनेछन् ।

डिजिटल सहभागिताका लागि कम्पनीले ‘पल्सर रेसिङ गेम’ पनि ल्याएको छ । सहभागीले आफूलाई मन पर्ने च्याम्पियनको अवतार रोजेर डिजिटल ट्र्याकमा प्रतिस्पर्धा गर्न सक्नेछन् । छोटो समयमा रेस पूरा गर्ने तथा उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई हस्ताक्षरयुक्त टी–सर्ट, च्याम्पियन मर्चेन्डाइज र बजाजका उपहार प्रदान गरिने बताइएको छ ।

यसैगरी, ‘शो योर पावर’ चुनौतीमार्फत राइडर तथा मोटरसाइकलप्रेमीले आफ्नो शक्ति, फिटनेस र पल्सरप्रतिको रुचि सिर्जनात्मक रूपमा प्रस्तुत गर्न सक्नेछन् । यस चुनौतीबाट छनोट हुने विजेताले पनि च्याम्पियनसँग भेट्ने अवसर पाउने कम्पनीको भनाइ छ ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले मोटरसाइकल खरिदसँग पुरस्कार, डिजिटल रेस र च्याम्पियनसँगको भेटलाई जोडेर ग्राहकलाई फरक अनुभव दिन अभियान तयार गरिएको बताएका छन् । कम्पनीले अभियानको अवधि, सहभागिताको विस्तृत प्रक्रिया तथा पुरस्कार छनोटका सबै सर्त भने सार्वजनिक गरेको प्रेस सामग्रीमा खुलाएको छैन ।

footer