Newad1
Featured blog image

छुटसँगै हेल्मेट, ह्यान्डगार्ड र वारेन्टी—सीएफमोटोको चाडपर्व प्याकेज

काठमाडौं । नेपालमा सीएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले २५० डुअल ईएफआईमा दसैं–तिहार विशेष योजना ल्याएको छ । योजनाअन्तर्गत नगदमा मोटरसाइकल खरिद गर्ने ग्राहकले २० हजार रुपैयाँ छुट पाउनेछन् ।

कम्पनीका अनुसार ग्राहकले ४० प्रतिशत अग्रिम भुक्तानी गरेर पनि मोटरसाइकल खरिद गर्न सक्नेछन् । जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकलसँग नयाँ सीएफमोटो २५० डुअल ईएफआई साट्दा थप मूल्याङ्कनको सुविधा दिइने जनाइएको छ ।

चाडपर्व योजनामा मोटरसाइकलसँग प्रिमियम ह्यान्डगार्ड र फुलफेस प्रोटेक्टिभ हेल्मेट निःशुल्क उपलब्ध गराइनेछ । कम्पनीले इन्जिनमा पाँच वर्षको वारेन्टीसमेत दिने जनाएको छ ।

सीएफमोटो २५० डुअल ईएफआईमा फ्युल इन्जेक्सन प्रणालीसहितको इन्जिन प्रयोग गरिएको छ । कम्पनीका अनुसार विभिन्न प्रकृतिका सडक र यात्रालाई ध्यानमा राखेर मोटरसाइकल तयार गरिएको हो ।

यो योजना नेपालभरका सीएफमोटोका आधिकारिक बिक्री केन्द्र तथा विक्रेतामार्फत सीमित अवधिका लागि लागू हुनेछ । बिक्रीपछिको प्राविधिक सहयोग र जेन्युइन स्पेयर पार्ट्स आधिकारिक सेवा केन्द्रबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।

footer