Newad1
Featured blog image

नयाँ शोरुमसँगै दिपलको आक्रामक विस्तार, काठमाडौंमा सेवा र बिक्री दुवै मजबुत

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) बजार तीव्र गतिमा विस्तार भइरहेका बेला फ्युचरिस्टिक तथा स्मार्ट ईभी ब्रान्ड दिपलले काठमाडौंमा आफ्नो उपस्थिति थप मजबुत बनाएको छ । नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले महाराजगञ्जमा अत्याधुनिक (स्टेट अफ द आर्ट) शोरुम सञ्चालनमा ल्याउँदै ग्राहक पहुँच विस्तार गरेको हो ।

यससँगै कम्पनीले एपोलो मोटर्सलाई काठमाडौं क्षेत्रका लागि आधिकारिक डिलर नियुक्त गरेको छ । कम्पनीका अनुसार नयाँ शोरुमले बिक्रीसँगै ग्राहकलाई आधुनिक ईभी प्रविधिको प्रत्यक्ष अनुभव गराउने, टेस्ट ड्राइभदेखि बिक्रीपछिको सेवासम्म एकीकृत सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

शोरुमको संयुक्त उद्घाटन दिपलका ब्रान्ड एम्बेसडर पारस खड्का, एमएडब्लु वृद्धि अटोकर्पका अध्यक्ष विष्णु अग्रवाल, नेपाल रिपब्लिक मिडियाका संस्थापक विनोदराज ज्ञवाली तथा कम्पनीका प्रबन्ध निर्देशक विवेक सिकारियाले गरेका थिए ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष विष्णु अग्रवालले नेपालमा ईभीको स्वीकार्यता तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै दिपल त्यस परिवर्तनको अग्रपंक्तिमा रहेको बताए । उनका अनुसार दिपललाई छोटो समयको व्यापारिक ब्रान्ड नभई दीर्घकालीन विश्वास जित्ने ‘लिगेसी ब्रान्ड’का रूपमा स्थापित गर्ने लक्ष्यका साथ कम्पनीले देशभर बिक्री तथा सेवा सञ्जाल विस्तार गरिरहेको छ । आगामी दिनमा प्रमुख सहरहरूमा थप शोरुम र सर्भिस सेन्टर स्थापना गर्ने योजना पनि उनले सार्वजनिक गरे ।

कार्यक्रमलाई प्रविधिमैत्री बनाउने उद्देश्यले अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट डगको विशेष प्रदर्शनीसमेत गरिएको थियो । कम्पनीका अनुसार यसले सहभागीलाई कृत्रिम बौद्धिकता (एआई), स्वचालन (Automation) तथा चांगानको भविष्यकेन्द्रित प्रविधि विकासबारे प्रत्यक्ष अनुभव गराएको थियो । 

एपोलो मोटर्सका निर्देशक सुयाश ज्ञवालीले दिपलको आधिकारिक डिलर बन्न पाउनु आफ्नो कम्पनीका लागि महत्वपूर्ण उपलब्धि भएको बताए । उनका अनुसार नयाँ शोरुम केवल गाडी बिक्री गर्ने स्थान मात्र नभई दिपलका स्मार्ट ईभी प्रविधि, डिजाइन र नवीन फिचरहरू अनुभव गर्न सकिने आधुनिक ‘एक्सपिरियन्स सेन्टर’का रूपमा विकास गरिएको छ ।

उद्घाटन समारोहकै अवसरमा कम्पनीले २० जना ग्राहकलाई नयाँ दिपल ईभी हस्तान्तरण गरेको थियो । ब्रान्ड एम्बेसडर पारस खड्का, अध्यक्ष विष्णु अग्रवाल तथा विनोदराज ज्ञवालीले संयुक्त रूपमा ग्राहकलाई सवारीको चाबी हस्तान्तरण गरेका थिए ।

नेपालको ईभी बजारमा प्रतिस्पर्धा बढिरहेका बेला एमएडब्लु वृद्धि अटोकर्पले नयाँ शोरुम विस्तारमार्फत ग्राहकलाई अझ नजिकबाट बिक्री, सेवा र अत्याधुनिक प्रविधिको अनुभव उपलब्ध गराउने रणनीति अघि सारेको देखिन्छ । कम्पनीका अनुसार आगामी दिनमा देशका विभिन्न क्षेत्रमा आफ्नो डिलर तथा सेवा सञ्जाल थप विस्तार गर्दै दिपललाई नेपाली ईभी बजारको प्रमुख ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ ।

footer