नेपालदेखि विश्व बजारसम्म आयोनको प्रभाव, ३० मिलियन प्रयोगकर्ताले किन रोजे जीएसी ?
काठमाडौँ । विश्वव्यापी अटोमोबाइल उद्योगमा तीव्र गतिमा विस्तार गरिरहेको जीएसी ग्रुप ले ३० मिलियन (३ करोड) सवारी उत्पादन तथा प्रयोगकर्ताको विश्वास हासिल गर्दै अर्को महत्वपूर्ण कोसेढुङ्गा पार गरेको छ । यही उपलब्धिसँगै कम्पनीको विद्युतीय सवारी ब्राण्ड आयोनको ले अत्याधुनिक प्रविधि, स्मार्ट ड्राइभिङ अनुभव र उच्च गुणस्तरमार्फत विश्व बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाइरहेको जनाएको छ ।
नेपालमा आयोनको आधिकारिक वितरक सीजी मोटर्स मार्फत ग्राहकहरूले विश्वस्तरीय विद्युतीय सवारी अनुभव प्राप्त गर्दै आएका छन् । कम्पनीका अनुसार पहिलो सवारी उत्पादनदेखि हालसम्मको यात्रामा विश्वभरका लाखौँ ग्राहकले देखाएको विश्वास नै जीएसी ग्रुपको सबैभन्दा ठूलो शक्ति बनेको छ ।
सन् २०२६ को पहिलो छ महिनामै जीएसीका आफ्नै ब्राण्डका सवारीसाधनको निर्यात १ लाख २१ हजार ५०० युनिट पुगेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३२ प्रतिशतको उल्लेखनीय वृद्धि हो । कम्पनीका अनुसार यो वृद्धिले अन्तर्राष्ट्रिय बजारमा जीएसीका उत्पादनप्रति बढ्दो विश्वास, गुणस्तर र विश्वसनीयताको स्पष्ट संकेत गरेको छ ।
अमेरिका, एसिया–प्यासिफिक, मध्यपूर्व, अफ्रिका तथा युरोपलगायतका प्रमुख अन्तर्राष्ट्रिय बजारमा जीएसीले आफ्नो उपस्थिति निरन्तर विस्तार गरिरहेको छ । नयाँ बजारमा प्रवेशसँगै कम्पनीले ग्राहकको आवश्यकता अनुसार स्थानीय समाधान उपलब्ध गराउने रणनीतिलाई समेत प्राथमिकता दिएको जनाएको छ ।
हाल जीएसी ग्रुपको व्यवसाय ११० देश तथा क्षेत्रमा फैलिएको छ । कम्पनीसँग ७४६ वटा बिक्री तथा सेवा केन्द्र, ६ वटा अन्तर्राष्ट्रिय उत्पादन केन्द्र र ९ वटा अन्तर्राष्ट्रिय पार्ट्स गोदाम सञ्चालनमा रहेका छन् । अनुसन्धान तथा विकास, उत्पादन, आपूर्ति व्यवस्थापन, बिक्री र बिक्रीपछिको सेवासम्म फैलिएको यो विश्वव्यापी संरचनाले आयोनलाई विभिन्न देशका ग्राहकका आवश्यकताअनुसार सेवा दिन सक्षम बनाएको कम्पनीको दाबी छ ।
विशेषगरी विद्युतीय सवारी बजार तीव्र रूपमा विस्तार भइरहेका नेपालजस्ता मुलुकमा पनि आयोनले आधुनिक प्रविधि, आकर्षक डिजाइन, उन्नत सुरक्षा प्रणाली तथा स्मार्ट कनेक्टिभिटी सुविधामार्फत आफ्नो उपस्थितिलाई बलियो बनाउँदै गएको छ । सीजी मोटर्सले नेपालभर बिक्री तथा बिक्रीपछिको सेवा विस्तार गर्दै ग्राहकलाई सहज स्वामित्व अनुभव प्रदान गरिरहेको जनाएको छ ।
जीएसी ग्रुपका अनुसार ३० मिलियन सवारी उत्पादनको उपलब्धि केवल उत्पादन सङ्ख्याको सफलता मात्र नभई विश्वभरका ग्राहकले कम्पनीप्रति देखाएको विश्वासको प्रतीक पनि हो । आगामी दिनमा आयोन र जीएसी ग्रुपले नवीन प्रविधि, गुणस्तरीय सेवा तथा दिगो विद्युतीय मोबिलिटी समाधानमार्फत विश्व बजारमा आफ्नो यात्रा अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।