ह्युन्डाईको स्क्र्याच कार्ड खोल्दा पाँच लाखसम्म छुट
काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभ ड्राइभ २०८३’ योजना सञ्चालनमा ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले गाडी खरिदमा तीन लाख रुपैयाँसम्म नगद छुट पाउने कम्पनीले जनाएको छ ।
ह्युन्डाईका अनुसार ग्राहकले स्क्र्याच कार्डमार्फत थप पाँच लाख रुपैयाँसम्म छुट जित्ने अवसर पनि पाउनेछन् । नगद छुटको रकम गाडीको मोडलअनुसार फरक हुन सक्ने भए पनि कम्पनीले मोडलअनुसारको विस्तृत सूची सार्वजनिक गरेको छैन ।
यस योजनामा ह्युन्डाई गाडी खरिद गर्ने ग्राहकलाई एक वर्षको अटो प्लस बिमा र एक वर्षको सवारी कर निःशुल्क उपलब्ध गराइनेछ । प्रत्येक गाडीमा तीन वर्षको वारेन्टी तथा छ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा रहने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘ह्युन्डाई फेस्टिभ ड्राइभ २०८३’ भदौ २३ गतेदेखि देशभरका आधिकारिक ह्युन्डाई शोरुममा लागू भएको छ । अफरको अन्तिम मिति तथा मोडलअनुसार लागू हुने छुट र सर्तबारे सम्बन्धित शोरुमबाट जानकारी लिन सकिनेछ ।