Newad1
Featured blog image

ईभीमा जाने कि अझै पर्खिने ? हुन्डाईसँग छन् दुवै विकल्प

काठमाडौं । पछिल्लो समय सवारीसाधनमा भएका आगलागीका घटनाले केही उपभोक्तामाझ विशेषगरी ईभीको सुरक्षाबारे जिज्ञासा र चिन्ता बढाएको छ । तर आगलागी भएको देखिँदैमा त्यसको कारण ब्याट्री नै हो भन्ने निष्कर्ष निकाल्न मिल्दैन । सीमित घटनाका आधारमा सम्पूर्ण ईभी प्रविधिलाई असुरक्षित ठहर गर्नु पनि तथ्यसंगत हुँदैन ।

ईभीले सञ्चालन खर्च र ऊर्जा उपयोगमा नयाँ विकल्प दिएको छ । तर चार्जिङ सुविधा, नियमित यात्रा, खरिद बजेट र नयाँ प्रविधिप्रतिको सहजता सबै ग्राहकको समान हुँदैन । त्यसैले अहिले नै ईभीमा जान तयार नभएका ग्राहकले परिचित पेट्रोल प्रविधि रोज्नु अस्वाभाविक होइन ।

यस्तो दोहोरो आवश्यकतालाई सम्बोधन गर्ने ब्रान्डमध्ये हुन्डाई एक हो । कम्पनीले नेपालमा क्रेटा इलेक्ट्रिक, कोना इलेक्ट्रिक र आयोनिक–५ जस्ता ईभीसँगै विभिन्न आकार र मूल्यका पेट्रोल गाडी पनि उपलब्ध गराएको छ । यसले ग्राहकलाई कुनै एउटा प्रविधिमै सीमित नभई आफ्नो प्रयोगअनुसार छनोट गर्ने ठाउँ दिन्छ ।

सहरी प्रयोग र तुलनात्मक रूपमा कम बजेटमा कार खोज्नेका लागि ग्रान्ड आई–१० हुन्डाईको प्रवेश तहको पेट्रोल विकल्प हो । कम्पनीको ११ अगस्ट २०२६ देखि लागू मूल्यसूचीअनुसार यसको मूल्य ३३ लाख ५६ हजारदेखि ४१ लाख २६ हजार रुपैयाँसम्म छ । १.२ लिटर पेट्रोल इन्जिनमा म्यानुअल र एएमटी दुवै विकल्प उपलब्ध छन् ।

कम्प्याक्ट एसयूभीतर्फ अल न्यु भेन्युको मूल्य ४८ लाख ९६ हजार रुपैयाँबाट सुरु हुन्छ । यसमा १.२ लिटर पेट्रोल म्यानुअलसँगै १.० लिटर टर्बो पेट्रोल र सात स्पिड डीसीटी विकल्प पाइन्छ । सहरमा दैनिक प्रयोग हुने सानो एसयूभी चाहनेदेखि टर्बो इन्जिन र अटोमेटिक ट्रान्समिसन खोज्ने ग्राहकसम्मलाई यसले फरक विकल्प दिन्छ ।

हुन्डाईको नेपाली बजारमा स्थापित मोडल क्रेटा हो । नेपालमै एसेम्बल गरिएको अल न्यु क्रेटा फेसलिफ्टको मूल्य ५५ लाख ५६ हजारदेखि ८० लाख ५६ हजार रुपैयाँसम्म छ । यसको १.५ लिटर पेट्रोल इन्जिन म्यानुअल र आईभीटी अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ । माथिल्लो मूल्य समूहमा टुसान र सान्ता फे पनि पेट्रोल इन्जिनसहित बिक्रीमा छन् ।

हुन्डाईको बजार उपस्थितिलाई आयात तथ्यांकले पनि देखाउँछ । भन्सार विभागको विवरणअनुसार सन् २०२५ मा लक्ष्मी इन्टरकन्टिनेन्टलले २ हजार ४२ युनिट हुन्डाई गाडी तथा अनएसेम्बल किट भित्र्याएको थियो । यससँगै बीवाईडीको ३ हजार ५४२ र टाटाको २ हजार ३७७ युनिटपछि हुन्डाई नेपालको प्यासेन्जर सवारी आयातमा तेस्रो स्थानमा रहेको थियो । यो खुद्रा बिक्री नभई क्रेटा र भेन्युका अनएसेम्बल किट तथा तयारी गाडीसमेत समेटिएको आयात विवरण हो ।

लामो बजार उपस्थिति, नेपालमै क्रेटाको एसेम्बली र विभिन्न सहरमा फैलिएको डिलर नेटवर्क हुन्डाईका थप आधार हुन् । यद्यपि गाडी खरिद गर्नुअघि सम्बन्धित मोडलको उपलब्धता, सर्भिस पहुँच, पार्टपुर्जाको मूल्य र लागू अफर आधिकारिक विक्रेतासँग पुष्टि गर्नु आवश्यक हुन्छ ।

यसैबीच, लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभ ड्राइभ २०८३’ सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार योजनाअन्तर्गत गाडी खरिदमा मोडलअनुसार तीन लाख रुपैयाँसम्म नगद छुट र स्क्र्याच कार्डमार्फत थप पाँच लाख रुपैयाँसम्म छुट जित्ने अवसर छ । ग्राहकले एक वर्षको अटो प्लस बिमा, एक वर्षको सवारी कर, तीन वर्षको वारेन्टी तथा छ वर्षसम्म निःशुल्क सर्भिसिङ सुविधा पनि पाउनेछन् ।

गाडीको छनोट डरका आधारमा होइन, वास्तविक आवश्यकताका आधारमा हुनुपर्छ । ईभी रोज्नेले चार्जिङ पहुँच, ब्याट्री वारेन्टी र आफ्नो यात्रा बुझ्नुपर्छ भने पेट्रोल गाडी रोज्नेले इन्धन खर्च, नियमित मर्मत र दीर्घकालीन सञ्चालन लागत विचार गर्नुपर्छ । अहिले नै ईभीमा जान तयार नभएका ग्राहकका लागि हुन्डाईका पेट्रोल मोडलले परिचित र फराकिलो विकल्प भने खुला राखेका छन् ।

footer