Newad1
Featured blog image

हुन्डाईको बिक्री घट्दा बजारमा चासो ! कम्पनीले खुलायो वास्तविक कारण

काठमाडौं । भारतको हुन्डाई मोटर इन्डिया (Hyundai Motor India) ले जुन २०२६ मा कुल ५१ हजार ३३५ सवारी बिक्री गरेको छ । यसमध्ये ३९ हजार ६३५ युनिट भारतीय बजारमा बिक्री भएका हुन् भने ११ हजार ७०० युनिट निर्यात गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जुन महिनामा देखिएको बिक्री गिरावटको मुख्य कारण मागमा कमी नभई प्रमुख सप्लायर कम्पनीमध्ये एकको उत्पादन केन्द्रमा भएको आगलागी हो । उक्त घटनाका कारण करिब १३ हजार ९०० सवारी उत्पादन प्रभावित भएको थियो ।

आगलागीपछि वैकल्पिक सप्लायरमार्फत आवश्यक पार्टपुर्जा व्यवस्थापन गर्दै उत्पादनलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ । साथै, जुन २२ देखि सबै उत्पादन प्लान्ट पूर्ण रूपमा सञ्चालनमा फर्किसकेको र दोस्रो त्रैमास (FY2026/27 Q2) भित्र छुटेको उत्पादन पूरा गर्ने लक्ष्य रहेको कम्पनीको भनाइ छ ।

हुन्डाईले जुन महिनाको कमजोर बिक्रीलाई अस्थायी आपूर्ति (सप्लाई) समस्या भएको उल्लेख गर्दै आगामी महिनाबाट उत्पादन र बिक्री दुवै सामान्य लयमा फर्किने विश्वास व्यक्त गरेको छ । साथै, कुल बिक्रीमध्ये करिब २३ प्रतिशत हिस्सा निर्यातको रहेको तथ्यले भारत हुन्डाईका लागि महत्त्वपूर्ण उत्पादन तथा निर्यात केन्द्रका रूपमा स्थापित हुँदै गएको पनि देखिएको छ ।

footer