इनड्राइभको रोयल इन्फिल्ड जित्न ड्राइभरले के गर्नुपर्छ ?
काठमाडौं । इनड्राइभले काठमाडौंमा सक्रिय आफ्ना ड्राइभर पार्टनरका लागि ‘इनड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ योजना घोषणा गरेको छ । नोभेम्बर २ देखि २९ सम्म सञ्चालन हुने योजनामा साप्ताहिक पुरस्कारसँगै बम्पर उपहारका रूपमा एक जनाले रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल जित्नेछन् ।
योजनामा सहभागी हुन ड्राइभर पार्टनरले एक सातामा कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ । उक्त मापदण्ड पूरा गरेका ड्राइभर पुरस्कारको लक्की ड्रमा समावेश हुनेछन् । कम्पनीका अनुसार यसका लागि छुट्टै दर्ता गर्नुपर्दैन ।
क्याम्पेन अवधिमा पूरा गरिएको प्रत्येक राइडलाई एक लक्की ड्र इन्ट्रीका रूपमा गणना गरिनेछ । योग्य ड्राइभरमध्येबाट हरेक साता पुरस्कार विजेता छनोट गरिने र अवधिभरका सबै योग्य इन्ट्री अन्तिम बम्पर उपहारको लक्की ड्रमा पनि समावेश गरिने कम्पनीले जनाएको छ ।
चार हप्तामा साप्ताहिक पुरस्कारअन्तर्गत कुल चार जनालाई याडिया इलेक्ट्रिक स्कुटर, १६ जनालाई सामसङ ग्यालेक्सी स्मार्टफोन र २० जनालाई एयर फ्रायर प्रदान गरिनेछ । त्यस्तै, २०० जनाले जनही पाँच हजार रुपैयाँ बराबरको गिफ्ट भौचर तथा ८०० जनाले जनही १० लिटर इन्धन बराबरको भौचर पाउनेछन् ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जिमी राईले ड्राइभर पार्टनरको योगदानको कदर र सक्रियता प्रोत्साहन गर्न योजना ल्याइएको बताइन् । उनका अनुसार बढी राइड पूरा गर्ने योग्य ड्राइभरले लक्की ड्रमा थप इन्ट्री पाउनेछन् ।